काठमाडौं । नागरिक लगानी कोषले आफ्ना सेयरधनीहरुलाई २१ दशमलव ८५ प्रतिशत बोनस दिने प्रस्ताव पारित भएको छ । शुक्रबार सम्पन्न कम्पनीको २१ औँ सभाले सो मात्राको बोनस दिने प्रस्तावलाई पारित गरेको हो । साथै, कम्पनीले कर प्रयोजनको लागि १ दशमलव १५ प्रतिशत नगद लाभांस दिने भएको छ ।

आ.ब २०७१/७२ मा कोषले ४८ करोड ६८ लाख रुपैयाँ आम्दानी गरेको छ । यो अघिल्लो बर्षको तुलनामा ३१ दशमलव २१ प्रतिसत बढि हो । आम्दानीमा कुल खर्च,कर अघिको नाफा र आयकर कटाएपछिको खुद नाफा १८ करोड ६१ लाख ४६ हजार रुपैया रहेको छ ।
सभाले कोषमा नयाँ संचालकहरु चयन गरेको छ । सर्वसाधरण सेयरधनीको तर्फबाट अशोक बुढाथोकी र अन्य बित्तिय संस्था समुहबाट नेपाल लाइफ इन्स्योरेन्सका प्रतिनिधि कमलेश कुमार अग्रवाल निर्विरोध निर्वाचित भएका कोषका सूचना अधिकृत उद्धव सिलवालले बताए । निर्वाचित संचालकको अवधि ५ बर्ष रहने छ ।