दशैंको अवसरमा टाटाले ल्यायो नयाँ योजना, कार खरिदमा १० तोलासम्मको सुन उपहार

<p>काठमाडौं । नेपालका लागि टाटा मोटरका अधिकृत बिक्रेता सिप्रदी ट्रेडिङ्गले चाडपर्वको अवसर पारेर आफ्नो नयाँ योजना “दशैंमा १० सै तोला” नेपाली बजारमा ल्याएको छ । यस योजना अन्तर्गत ग्राहकहरुले टाटा कारको खरिदमा १० तोलासम्मको पक्का सुन प्राप्त गर्नेछन् । बिक्रि, सेवा र स्पेयर पार्टस्मा नेपालकै सबै भन्दा ठूलो संजाल रहेको सिप्रदी ट्रेडिङ्गले टाटा कारहरु स्ट्रोम, [&hellip;]</p>

काठमाडौं । नेपालका लागि टाटा मोटरका अधिकृत बिक्रेता सिप्रदी ट्रेडिङ्गले चाडपर्वको अवसर पारेर आफ्नो नयाँ योजना “दशैंमा १० सै तोला” नेपाली बजारमा ल्याएको छ । यस योजना अन्तर्गत ग्राहकहरुले टाटा कारको खरिदमा १० तोलासम्मको पक्का सुन प्राप्त गर्नेछन् ।

बिक्रि, सेवा र स्पेयर पार्टस्मा नेपालकै सबै भन्दा ठूलो संजाल रहेको सिप्रदी ट्रेडिङ्गले टाटा कारहरु स्ट्रोम, बोल्ट, टियागो र जेस्टको खरिदमा ग्राहकहरुलाई क्रमशः १० तोला, ७ तोला, ६ तोला र ५ तोला पक्का सुन उपहार स्वरुप प्रदान गर्नेछ ।

त्यसैगरी, टाटा टिगोरको खरिदमा ग्राहकहरुले १ तोला सुन प्राप्त गर्नुका साथै ९.९९ प्रतिशतको न्यूनतम ब्याजदरको सरल कर्जामा समेत उक्त कार खरिद गर्न सक्नेछन् ।

Share News