कुमारी बैंकले सीईओ उपाध्यायलाई निलम्बन गर्यो, निमित्त सीईओ राजीव गिरी

<p>१४ फागुन/कुमारी बैंक लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ)उदयकृष्ण उपाध्यायलाई निलम्बन गरेको छ । शुक्रबार बसेको सञ्चालक समितिको बैठकले सीईओ उपाध्यायलाई निलम्बन गरी निमित्त सिईओको जिम्मेवारी राजीव गिरीलाई दिएको छ । विदामा बसेका प्रमुख कार्यकारी अधिकृत उपाध्यायको आचरण खराव देखिएकोले तत्काल निलम्बन गर्नु परेको बैंकका एक सञ्चालकले बताए । उनी बैंकमा हाजिर भएपछि प्रष्टीकरण लिने लगायत [&hellip;]</p>

१४ फागुन/कुमारी बैंक लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ)उदयकृष्ण उपाध्यायलाई निलम्बन गरेको छ । शुक्रबार बसेको सञ्चालक समितिको बैठकले सीईओ उपाध्यायलाई निलम्बन गरी निमित्त सिईओको जिम्मेवारी राजीव गिरीलाई दिएको छ ।
विदामा बसेका प्रमुख कार्यकारी अधिकृत उपाध्यायको आचरण खराव देखिएकोले तत्काल निलम्बन गर्नु परेको बैंकका एक सञ्चालकले बताए । उनी बैंकमा हाजिर भएपछि प्रष्टीकरण लिने लगायत आवश्यक कारवाही हुने उनले बताए ।
प्रमुख कार्यकारी अधिकृत उपाध्यय वार्षिक विदा अन्तरतग फागुन एकदेखि १५ गतेसम्मका लागि छुट्टीमा बसेका थिए । फागुन ११ गते महानगरीय प्रहरी वृत तिनकुनेले कोटेश्वरको एक गेष्ट हाउसबाट पक्राउ गरी थुनामा राखिएरहेको छ ।
‘पहिला उहाँ अपहरणमा परेको भन्ने जानकारी आएको थियो । खोज्दै जाँदा उहाँलाई प्रहरीले पक्राउ गरेको रहेछ । त्यो पनि गलत आचरणको विषय जोडिएर आयो’–ती सञ्चालकले भने–‘प्रहरीले सार्वजनिक अपराधको आरोप लगाएर मुद्दा हाल्ने तयारी गरिरहेको व्यक्तिलाई बैंकको मुख्य पदमा कायम राख्न सकिदैन ।’
‘उहाँको आचरणबारे गम्भिर समाचार प्रकाशित भएका छन् । बैंकको छवि उहाँको आचारणसँग जोडिएर आएको छ । त्यसैले तत्कालका लागि निलम्बन गरेका, उहाँ आएपछि स्पष्टीकरणको मौका दिनेछौं’ ती सञ्चालकले भने–‘उहाँले सफाई दिनसक्नुभयो भने पुर्नवहाली हुन्छ, मनासिव प्रमाण दिनसक्नुभएन भने आवश्यक कारवाही हुनेछ ।’rajib-giri
उपाध्यायलाई प्रहरी कार्यलयले तिनकुनेमा थुनामा राखेको छ । उनीमाथि सार्वजनिक अपराध सम्वन्धि मुद्दा चलाईएको छ । फागुन १३ गते जिल्ला प्रशासन कार्यलय काठमाडौंले उनलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न समय दिएको छ ।

निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी पाएका गिरी सोही बैंकका नायब प्रमुख कार्यकारी अधिकृत हुन् । उनी १० महिनाअघि मात्र कुमारी बैंकमा प्रवेश गरेका हुन् । उनले स्ट्यान्डर्ड चार्टर्ड बैंकमा २५ बर्षको अनुभव संगालेका छन् ।

Share News