आइएमई लाइफ इन्स्योरेन्सले कारोबार थाल्यो, छिट्टै ३० प्रतिशतको आइपीओ जारी गर्ने

<p>काठमाडौं । जीवन बीमा व्यवसाय सञ्चालनको अनुमित पाएका विभिन्न ६ वटा कम्पनीमध्ये आइएमई लाइफ इन्स्योरेन्स आज बिहीबारदेखि सञ्चालनमा आउने भएको छ । यससँगै आइएमई लाइफ नयाँ मध्येको पहिलो बीमा कम्पनी बनेको छ । असार २० गते समितिबाट अनुमति पाएको आइएमईले भदौ १ गतेदेखि कारोबार सञ्चालन गरेर पहिलो बनेको हो । कम्पनीको सञ्चालक समितिको अध्यक्षमा रामहरि [&hellip;]</p>

काठमाडौं । जीवन बीमा व्यवसाय सञ्चालनको अनुमित पाएका विभिन्न ६ वटा कम्पनीमध्ये आइएमई लाइफ इन्स्योरेन्स आज बिहीबारदेखि सञ्चालनमा आउने भएको छ ।

यससँगै आइएमई लाइफ नयाँ मध्येको पहिलो बीमा कम्पनी बनेको छ । असार २० गते समितिबाट अनुमति पाएको आइएमईले भदौ १ गतेदेखि कारोबार सञ्चालन गरेर पहिलो बनेको हो ।

कम्पनीको सञ्चालक समितिको अध्यक्षमा रामहरि अर्याल रहेका छन भने सञ्चालकहरुमा अश्विनी आचार्य, इश्वर कार्की, दीपक पोखरेल, दीप रेग्मी छन् ।

यसैगरी कम्पनीको संस्थापकमा ग्लोवल आइएमई बैंक समूहको साथमा चन्द्रप्रसाद ढकाल, विष्णुप्रसाद उपाध्याय, जीवनबाबु श्रेष्ठ रहेका छन भने महाप्रबन्धक राकेश पोखरेल छन् ।

कम्पनीको चुक्ता पुँजी २ अर्ब छ । १ अर्ब ४० करोड संस्थागत सदस्यहको लगानी रहेको छ भने ३० प्रतिशत अर्थात ६० करोड साधारण सेयर निष्कासन गरी चुक्ता गरिने पनि उल्लेख छ ।

Share News