नेशनल लाइफ इन्स्योरेन्सले कमायो २३ करोड

<p>काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सले गत आवमा २३ करोड ५५ लाख रुपैयाँ खुँद नाफा गरेको छ । यो बीमा कम्पनीले गरेको नाफा अघिल्लो वर्ष १६ करोड ९५ लाख रुपैयाँ थियो । यो बीमा कम्पनीको चुक्ता पुँजी १ अर्ब ३२ करोड रुपैयाँ छ । यसको जगेडा कोषमा ६१ करोड ३१ लाख रुपैयाँ छ भने जीबन बीमा [&hellip;]</p>

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सले गत आवमा २३ करोड ५५ लाख रुपैयाँ खुँद नाफा गरेको छ । यो बीमा कम्पनीले गरेको नाफा अघिल्लो वर्ष १६ करोड ९५ लाख रुपैयाँ थियो ।

यो बीमा कम्पनीको चुक्ता पुँजी १ अर्ब ३२ करोड रुपैयाँ छ । यसको जगेडा कोषमा ६१ करोड ३१ लाख रुपैयाँ छ भने जीबन बीमा कोषमा १७ अर्ब ३७ करोड रुपैयाँ रहेको छ ।

यो बीमा कम्पनीले गत आवसम्ममा ४ अर्ब ९७ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । यसको बीमालेख संख्या ८ लाख ७५ हजार ९१ रहेको छ । यसको बोनस दर ६१ देखि ८० रुपैयाँसम्म छ । यसको प्रतिसेयर आम्दानी १७ रुपैयाँ ७८ पैसा छ भने प्रतिसेयर नेटवर्थ १५३ रुपैयाँ ४५ पैसा रहेको छ ।

Share News