एभरेष्ट इन्स्योरेन्सको नाफा ४ करोड, ६२ प्रतिशतले नाफा बढ्यो

<p>काठमाडौं । एभरेष्ट इन्स्योरेन्सेले ४ करोड ५५ लाख रुपैयाँ नाफा कमाएको छ । यो बीमा कम्पनीले गत आवमा कमाएको यस्तो नाफा अघिल्लो आवको तुलनामा भने १ करोड ७४ लाख रुपैयाँले बढी हो । यो कम्पनीले गत आवमा ६२ प्रतिशतले नाफा बढाउन सफल भएको छ । यो बीमा कम्पनीको चुक्ता पुँजी १२ करोड १५ लाख रुपैयाँ [&hellip;]</p>

काठमाडौं । एभरेष्ट इन्स्योरेन्सेले ४ करोड ५५ लाख रुपैयाँ नाफा कमाएको छ । यो बीमा कम्पनीले गत आवमा कमाएको यस्तो नाफा अघिल्लो आवको तुलनामा भने १ करोड ७४ लाख रुपैयाँले बढी हो ।

यो कम्पनीले गत आवमा ६२ प्रतिशतले नाफा बढाउन सफल भएको छ ।

यो बीमा कम्पनीको चुक्ता पुँजी १२ करोड १५ लाख रुपैयाँ छ । यसको जगेका कोषमा ११ करोड ४८ लाख रुपैयाँ छ भने बीमा कोषमा १५ करोड २३ लाख रुपैयाँ छ । यसले गत आवसम्मको बीमा शुल्क २६ करोड ३३ लाख रुपैयाँ संकलन गरेको छ ।

यसले १८ हजार ५५८ वटा विमालेख जारी गरेको छ । नबीरकण भएका विमालेखको संख्या २३६ मात्रै छ । यसको प्रतिसेयर आम्दानी ३७ रुपैयाँ ५२ पैसा रहेको छ भने प्रति सेयर नेटवर्थ ३८१ रुपैयाँ ५३ पैसा रहेको छ ।

Share News