तराइमा आजैबाट खुल्दैछन बैंकका शाखा, पानीले बैंकको ढुकुटीनै सार्नुपर्ने अवस्थामा

<p>काठमाडौं । तराई क्षेत्रका बैंक तथा वित्तीय संस्थाले मंगलबार (आज)देखि नियमित सेवा दिने बताएका छन् । निरन्तर बर्षाका कारण आएको बाढीका कारण तराई क्षेत्रको वित्तीय सेवा केही दिनयता प्रभावित भएको छ । आइतबार पनि बैंकिङ सेवा प्रदान गर्न सकेनन् । सोमबार सार्वजनिक बिदाका कारण बन्द रहे पनि सेवा दिनु परेको खण्डमा सक्ने अवस्था थिएन । [&hellip;]</p>

काठमाडौं । तराई क्षेत्रका बैंक तथा वित्तीय संस्थाले मंगलबार (आज)देखि नियमित सेवा दिने बताएका छन् ।

निरन्तर बर्षाका कारण आएको बाढीका कारण तराई क्षेत्रको वित्तीय सेवा केही दिनयता प्रभावित भएको छ ।

आइतबार पनि बैंकिङ सेवा प्रदान गर्न सकेनन् । सोमबार सार्वजनिक बिदाका कारण बन्द रहे पनि सेवा दिनु परेको खण्डमा सक्ने अवस्था थिएन ।

पूर्वी तराईमा कृषि विकास बैंकका केही शाखाहरुले सेवा प्रदान गर्न नसकेको बैंकका प्रमुख कार्यकारी अधिकृत लिलाप्रकाश सिटौलाले बताए ।

बैंकको काउन्टरमा पानी पसेको छ भने कोहीको ढुकुटी नै अन्यत्र सार्नुपरेको अवस्था छ । पश्चिम तराईमा पनि केही शाखाले सेवा दिन नसकेको उनले बताए ।

विद्युत् आपूर्ति अबरुद्ध भएकोले समस्या भएको उनको भनाइ छ । मंगलबारदेखि वर्षा कमि भयो भने सोही दिनबाट सेवा दिन सकिने पनि उनको भनाइ छ । कारोबार दैनिकबाट ।

Share News