टाटा मोटर्सको सबैभन्दा ठूलो शोरुम थापाथलीमा, ४००० वर्ग फिटमा स्थापित

<p>काठमाडौं । नेपालका लागि टाटा मोटर्सको अधिकृत बिक्रेता सिप्रदी ट्रेडिङ प्रा.लि. ले थापाथलीमा आफ्नो नयाँ शोरुमको उद्घाटन गरेको छ । ४००० वर्ग फिट क्षेत्रमा फैलिएको उक्त शोरुम नेपालकै सबैभन्दा ठूलो अटोमोबाइल शोरुमको रुपमा स्थापित भएको छ । उक्त शोरुम उद्घाटन समारोहमा टाटा मोटर्स्का अन्तर्राष्ट्रिय व्यापार प्रमुख जोनी ओम्मेनले काठमाडौंको केन्द्रबिन्दुमा अवस्थित यस शोरुममा रहेका जेष्ट, [&hellip;]</p>

काठमाडौं । नेपालका लागि टाटा मोटर्सको अधिकृत बिक्रेता सिप्रदी ट्रेडिङ प्रा.लि. ले थापाथलीमा आफ्नो नयाँ शोरुमको उद्घाटन गरेको छ । ४००० वर्ग फिट क्षेत्रमा फैलिएको उक्त शोरुम नेपालकै सबैभन्दा ठूलो अटोमोबाइल शोरुमको रुपमा स्थापित भएको छ ।

उक्त शोरुम उद्घाटन समारोहमा टाटा मोटर्स्का अन्तर्राष्ट्रिय व्यापार प्रमुख जोनी ओम्मेनले काठमाडौंको केन्द्रबिन्दुमा अवस्थित यस शोरुममा रहेका जेष्ट, बोल्ट, स्ट्रोम, टियागो र टिगोर जस्ता विभिन्न रेञ्जका गाडीहरु ग्राहकवर्गहरुलाई उचित मूल्यमा उपलब्ध गराउने बताएका छन् ।

नयाँ शोरुमको उद्घाटन गर्दै सिप्रदी ट्रेडिङ्ग प्रा.लि. का सिइओ राजनबाबु श्रेष्ठले भने, “यस नयाँ शोरुम मार्फत हामीले हाम्रो सेवा ग्राहकवर्गहरु बीच फैल्याउन पाएकोमा हामी निकै उत्साहित छौं । यस नयाँ शोरुमको उद्घाटनसँगै हामीले हाम्रा ग्राहकवर्गहरुलाई सहज, सरल र सुलभ सेवा र अनुभव प्रदान गर्न सफल हुनेछौं ।”

यस नयाँ शोरुम हप्ताको ७ दिन, बिहान ९ बजे देखि रातीको ९ बजेसम्म खुल्ला रहेने कम्पनीले जनाएको छ । जहाँ टाटा मोटर्सको प्यासेन्जर भेकल्स्का सम्पूर्ण रेञ्जहरु उपलब्ध हुनेछन् । कम्पनीको यस थप नयाँ शोरुम सहित अब देशभर टाटा मोटर्सको २० प्यासेन्जर गाडीका शोरुम र २४ सर्भिस केन्द्रहरु रहेका छन् ।

 

Share News