तीन हस्पिटल र विमानस्थलमा १५ मिनेटसम्मको नि:शुल्क वाइफाइ, एक बर्षभित्र सबै सार्वजनिक स्थानमा पुर्याइने

<p>काठमाडौं । मुलुकभरको सार्वजनिक स्थलमा निशुल्क वाइफाइ चलाउने योजना बनाएको नेपाल टेलिकमले हाल उपत्यकाको चार ठाउँमा यो सेवा सुरु गरेको छ । धेरै भिडभाड हुने र उपभोक्ताको आवश्यकता धेरै पर्ने मुलुकभरका सार्वजनिक ठाउँमा निशुल्क इन्टरनेट सेवा उपलब्ध गराउने उदेश्य अनुरुप टेलिकमले यो थालनी गरेको खबर आजको नागरिकमा छ । टेलिकमले हाल अन्तराष्ट्रिय विमानस्थल, बीर अस्पताल, [&hellip;]</p>

काठमाडौं । मुलुकभरको सार्वजनिक स्थलमा निशुल्क वाइफाइ चलाउने योजना बनाएको नेपाल टेलिकमले हाल उपत्यकाको चार ठाउँमा यो सेवा सुरु गरेको छ ।

धेरै भिडभाड हुने र उपभोक्ताको आवश्यकता धेरै पर्ने मुलुकभरका सार्वजनिक ठाउँमा निशुल्क इन्टरनेट सेवा उपलब्ध गराउने उदेश्य अनुरुप टेलिकमले यो थालनी गरेको खबर आजको नागरिकमा छ ।

टेलिकमले हाल अन्तराष्ट्रिय विमानस्थल, बीर अस्पताल, शिक्षण अस्पताल र नर्भिक अस्पतालमा निशुल्क वाइफाइ उपलब्ध गराएको छ ।

वाइफाइको सुविधा लिन नेपाल टेलिकमकै सिम प्रयोग गर्नुपर्छ । टेलिकमकी प्रवन्ध निर्देशक कामिनी राजभण्डारीले टेलिकमको सेवा प्रयोग गरिरहेका उपभोक्तालाई वाइफाईको सुविधा दिएको बताईन ।

उनका अनुसार टेलिकमको मोवाइल एप डाउनलोड गरी निशुल्कका स्थानमा १५ मिनेट अवधिको निशुल्क हटस्पट वाइफाई प्रयोग गर्न सनिको उल्लेख छ । नागरिक दैनिकबाट ।

Share News