देशैभर फोरजी विस्तार गर्दै टेलिकम, फोरजी सुरुपछि डाटा प्रयोेगकर्ता दैनिक ८ हजार जीबीले बढ्यो

<p>नेपाल टेलिकमले चौथो पुस्ताको मोबाइल इन्टरनेट (फेरजी)सेवा देशैभर पुर्याउने गरी कार्ययोजना तयार पारेको छ । द्रुत गतिको मोबाइल इन्टरनेटमा आधुनिक सेवा र सुविधा थप गर्दै देशैभर सेवा पुर्याउने गरी कार्ययोजना तयार पारिएको नेपाल टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले जानकारी दिइन् । डाटा सेवामा मात्रै केन्द्रित हुन टेलिकमले देशैभर फोरजीको सेव दिन लागेको हो । टेलिकमले [&hellip;]</p>

नेपाल टेलिकमले चौथो पुस्ताको मोबाइल इन्टरनेट (फेरजी)सेवा देशैभर पुर्याउने गरी कार्ययोजना तयार पारेको छ ।

द्रुत गतिको मोबाइल इन्टरनेटमा आधुनिक सेवा र सुविधा थप गर्दै देशैभर सेवा पुर्याउने गरी कार्ययोजना तयार पारिएको नेपाल टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले जानकारी दिइन् ।

डाटा सेवामा मात्रै केन्द्रित हुन टेलिकमले देशैभर फोरजीको सेव दिन लागेको हो ।

टेलिकमले फोरजीलाई भ्वाइस, भिडियोसहितको उच्च गति, डाटा स्पीड आदिका आधारमा विस्तार गर्न लागेको पनि उल्लेख छ ।

टेलिकका अनुसार दैनिक १६ हजार जीबी डाटा प्रयोग गर्ने टेलिकमका मोवाइल प्रयोगकर्ता फोरजीको सेवापछि दैनिक २७ हजार जीवी प्रयोग गर्ने भैसकेको पनि उल्लेख छ । टेलिकमका अनुसार फारजीको प्रयोगपछि दैनिक आठ हजार जीवी डाटा प्रयोगकर्ता बढेको देखिएको छ । अन्नपूर्ण पोस्टबाट ।

Share News