टाटाको एस हुपर टिपर नेपाली बजारमा, फोहोर मैला सहज रुपमा संकलन गर्न सकिने

<p>काठमाडौं । सिप्रदी ट्रेडिङप्रा. लि. ले टाटा मोटर्सको एस हुपर टिपर नेपाली बजारमा ल्याएको छ । कम्पनीले आइतबार एक कार्यक्रमबीच उक्त गाडीको उद्घाटन गरेको हो । कार्यक्रममा बोल्दै सिप्रदी ट्रेडिङ प्रा. लि. का प्रमुख संचालन अधिकृत राजेश प्रसाद गिरीले आजको बढ्दो शहरीकरण, जनसंख्याको चाप, पूरानातथा सांघुरा सडक गल्लीहरु भएको हाम्रो जस्तो देशमा फोहोर मैला सहज [&hellip;]</p>

काठमाडौं । सिप्रदी ट्रेडिङप्रा. लि. ले टाटा मोटर्सको एस हुपर टिपर नेपाली बजारमा ल्याएको छ । कम्पनीले आइतबार एक कार्यक्रमबीच उक्त गाडीको उद्घाटन गरेको हो ।

कार्यक्रममा बोल्दै सिप्रदी ट्रेडिङ प्रा. लि. का प्रमुख संचालन अधिकृत राजेश प्रसाद गिरीले आजको बढ्दो शहरीकरण, जनसंख्याको चाप, पूरानातथा सांघुरा सडक गल्लीहरु भएको हाम्रो जस्तो देशमा फोहोर मैला सहज रुपमा संकलन गर्न र व्यवस्थापन गर्न टाटा मोटर्स एस हुपर टिपर एक मात्रविकल्प रहेको जानकारी गराए ।

कार्यक्रममा फोहोर मैला व्यवस्थापन संघका पदाधिकारी लगायत टाटा मोटर्सको प्रतिनिधिको उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै संघका अध्यक्षले नेपाली बजारमा ठेला गाडामा फोहोर उठाउने गरेको र यो साह्रै कष्टकर रहेको हुदा यसको आधुनिक विकल्पको रुपमा हुपर टिपर आएको र यस्ले काम अझ सहज र छिटो गर्न सकिने जानकारी गराए ।

घर–घर बाट फोहोर संकलन गर्न सकिने र संकलित फोहोरलाई सजिलै लोड अनलोड गर्न मिल्ने १.८ क्यूबीक मिटर क्षमता भएको यस टिपरमा सड्ने र नसड्ने किसिमकाफोहोरहरु राख्नदुईवटा छुट्टै कम्पार्टमेन्ट रहेको र सानो साईजको र राम्रो टर्निङ रेडिएस भएको गाडी भएकोले शहरका सांघुरा बाटोहरुमापनि सजिलै गएर फोहोर संकलनगर्न सकिने कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले जानकारी दिए ।

पावर टेक अफ(पीटीओ) यान्त्रिक व्यवस्था भएको यस टिपरमा चालकलाई प्रयोग गर्न सजिलो हुने गरी बनाईएको छ । संकलित फोहोरलाई ठूलो कम्प्याक्टर गाडीमा अनलोड गर्न सजिलोको लागि टु बटन रिमोट राखिएकोले संचालन गर्न अझ सजिलो छ । बलियो डिजाईन र मजबुत लिन्केजेसहरु भएको यो गाडीले ८५–९० डिग्रीसम्म ढल्काएर फोहोर मैला अर्को गाडीमा खन्याउन सक्छ ।

संकलित फोहोर मैला गाडीबाट नखसोस र दुर्गन्ध पनि नफैलियोस भनेर दुवै कम्पार्टमेन्टलाई छोपेर बन्द गर्नको लागि गाडीमा रोलिङ कभर पनि राखिएको छ । यसमा भएको हाइड्रोलीक लिलाई गाडीको च्यासिस सँगै बलियोसँग समावेश गरिएको कम्पनीद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

 

Share News