काठमाडौं । बैंकिङ क्षेत्रसँग जेठ महिनासम्म कुल १० खर्ब ७० अर्ब २५ करोड विदेशी विनिमय सञ्चित रहेको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ । सो सञ्चित रकममध्ये नेपाल राष्ट्र बैंकसँग हालसम्म ९ खर्ब ४४ अर्ब ३३ करोड र बैंक तथा वित्तीय संस्थासँग एक खर्ब ५५ अर्ब १३ करोड विदेशी विनिमय सञ्चित रहेको छ ।
गएको वर्षको जेठमा यस्तो सञ्चिति राष्ट्र बैंकको ८ खर्ब ९९ करोड २३ लाख रहेको थियो भने बैंकसँगै वित्तीय संस्थासँग एक खर्ब ५२ अर्ब ४२ करोड विनिमय सञ्चिति रहेको थियो । गएको वर्षको तुलनामा यस वर्ष विदेशी विमियम बढ्नुमा नगदको भन्दा कार्ड तथा बैकिङ उपकरणहरूको प्रयोग बढ्दै गएकाे नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ ।
कुल नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको असार २२ गतेसम्म चार खर्ब २२ अर्ब ९० करोड विदेशी विनिमय खरिद गरेको छ । यस वर्ष गरिएको विदेशी मुद्रा खरिद गएको आवको भन्दा ४८ अर्ब ४५ करोडले कम हो । तथ्यांकले चालू आवमा कममात्र विदेशी मुद्रा खरिद गरेको देखिन्छ ।