भारतमा एटिएम ह्याक, नेपालमा भारु साट्नेको भीड

<p>काठमाडौं । भारतका अधिकांश स्थानमा एटिएम ह्याक हुने समस्या आएपछि यसको मार भारत जाने सर्वसाधारणमाथि परेको छ । भारतमा करिब डेढ महिनादेखि बैंकका एटिएम ह्याक हुने समस्या देखिएको छ । एटिएममार्फत रकम झिकेर काम चलाउने भन्दै भारत पुगेको नेपाली सर्वसाधारण ह्याकको समस्यामा परेका छन् भने, भारत जान चाहनेले पनि नगदै बोक्नुपर्ने भएको छ । यसैबीच [&hellip;]</p>

काठमाडौं । भारतका अधिकांश स्थानमा एटिएम ह्याक हुने समस्या आएपछि यसको मार भारत जाने सर्वसाधारणमाथि परेको छ ।

भारतमा करिब डेढ महिनादेखि बैंकका एटिएम ह्याक हुने समस्या देखिएको छ ।

एटिएममार्फत रकम झिकेर काम चलाउने भन्दै भारत पुगेको नेपाली सर्वसाधारण ह्याकको समस्यामा परेका छन् भने, भारत जान चाहनेले पनि नगदै बोक्नुपर्ने भएको छ ।

यसैबीच भारतमा एटिएममा समस्या आउँदा भारु नोट साट्न आउनेको चाप बढेको छ ।

भारतभर बैंकका एटिएम नचल्ने भएपछि नेपालबाटै नगद भारु लैजान चाहनेको संख्या बढेको छ । नागरिक दैनिकबाट ।

Share News