काठमाडाै‌का मेयरले सुरु गरे घरदैलो अभियान, बृद्धभत्तादेखि डाक्टर र नर्ससेवा घरघरमै

<p>काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले घरदैलो अभियान सुरु गरेका छन् । शाक्यले महानगरको नक्साल क्षेत्रबाट जेष्ठ नागरिक सामाजिक सुरक्षा भत्ता वितरण एवं घरघरमै गएर स्वास्थ्य परीक्षण सुरु गरेका हुन् । शाक्यको टोलीमा डाक्टर, नर्स, अनमी र अहेव एकएक जना सहभागी छन् । महानगर पालिकाका अनुसार बिहीबार मेयर शाक्यले सात जना ८० वर्ष नाघेका [&hellip;]</p>

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले घरदैलो अभियान सुरु गरेका छन् ।

शाक्यले महानगरको नक्साल क्षेत्रबाट जेष्ठ नागरिक सामाजिक सुरक्षा भत्ता वितरण एवं घरघरमै गएर स्वास्थ्य परीक्षण सुरु गरेका हुन् ।

शाक्यको टोलीमा डाक्टर, नर्स, अनमी र अहेव एकएक जना सहभागी छन् ।

महानगर पालिकाका अनुसार बिहीबार मेयर शाक्यले सात जना ८० वर्ष नाघेका ज्येष्ठ नागरिकलाई जनही १२ हजार रुपैयाँ भत्ता पनि वितरण गरेका छन् ।

पहिलो चरणमा असार मसान्तभित्र महानगर अन्तर्गतग ८० वर्ष नाघेका ५ सय ९६ जना ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता र स्वास्थ्य जाँच गराउने योजना मेयर शाक्यको छ । अन्नपूर्ण पोस्टबाट।

Share News