काठमाडौं । हुन्डाइ गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि. ले नेपाल सरकारद्वारा लक्की ड्र बाट भाग्यशाली घोषित १५०० भुकम्पपिडित मध्येबाट हुन्डाइ इओन गाडीको खरीदमा एक जना ग्राहकलाई शतप्रतिशत रकम फिर्ता योजना घोषणा गरेको छ ।
सर्वाधिक लोकप्रिय सवारी हुन्डाइ इओन ट्याक्सीको रुपमा हुन्डाइको ह्याट्चब्याक सेग्मेन्ट अन्तर्गत पर्दछ । शतप्रतिशत रकम फिर्ताको साथसाथै हुन्डाइ इओन ट्याक्सी को खरीदमा आकर्षक नगद छुट, १ वर्ष सम्म निःशुल्क सर्भिसिङ्ग, १ वर्ष वारेन्टी, वित्तिय तथा विमा सुविधाका साथसाथै सम्पूर्ण कानुनी प्रक्रिया पुरा गरिदिनेछ ।
वलियो तथा सुरक्षित सवारीसाधन, उच्च माइलेज, आरामदायी सिट तथा भित्री वनावट, पावर स्टेरिङ्ग, १३ इन्च ठूलो चक्का, थोरै मर्मत खर्च, उच्च ग्राउण्ड क्लियरियन्स, धेरै भण्डारण क्षमता आदिले यस हुन्डाइ इओनलाई यात्रीहरुमाझ अझ लोकप्रिय बनाएको कम्पनीले जनाएको छ ।
भुकम्पपिडितहरुको सहयोगमा नेपाल सरकारले चालेको कदममा हुन्डाईले यस योजना मार्फत योगदान दिने प्रयास गरेको छ । हुन्डाईले विभिन्न योजनाहरु ल्याउने गरेको र आगामी दिनहरुमा पनि निरन्तरता दिने कम्पनीले जनाएको छ ।