बीमा नगरी गुड्छन् संसदका ९६ वटा गाडी र ६६ वटा मोटरसाइकल

<p>काठमाडौं । मुलुकको नीति निर्माण गर्ने मुख्य निकायका रुपमा रहेको संसद सचिवालयले ४ महिनासम्म आफूले प्रयाेग गर्ने सवारी साधनको बीमा नगरी सवारी चलाएको पाइएको छ । सभामुख, पूर्वसभामुखदखि संसदको विभिन्न समितिका सभापति तथा सचिवालयका उच्चपदाधिकारी चढ्ने सवारी साधनको चार महिनासम्म बीमा नगरी सवारी साधन चलाएको छ । संसद सचिवालयका चालकहरुले आन्दोलन गरेपछि मात्रै सचिवालयले सवारी [&hellip;]</p>

काठमाडौं । मुलुकको नीति निर्माण गर्ने मुख्य निकायका रुपमा रहेको संसद सचिवालयले ४ महिनासम्म आफूले प्रयाेग गर्ने सवारी साधनको बीमा नगरी सवारी चलाएको पाइएको छ ।

सभामुख, पूर्वसभामुखदखि संसदको विभिन्न समितिका सभापति तथा सचिवालयका उच्चपदाधिकारी चढ्ने सवारी साधनको चार महिनासम्म बीमा नगरी सवारी साधन चलाएको छ ।

संसद सचिवालयका चालकहरुले आन्दोलन गरेपछि मात्रै सचिवालयले सवारी साधनको बीमा प्रक्रिया सुरु गरेको छ ।

संसद सचिवालय अन्तर्गत रहेका ९६ वटा गाडी र ६६ वटा मोटरसाइकल बीमा नै नगरी गुडेको पत्ता लागेकाे हाे ।

यी सवारी चालकले विरोध गर्दै सवारी नचलाउने धम्की दिएका कारण सचिवालयले ती सबै सवारी साधनको बीमा गराएको थियो । नेपाल समाचारपत्रबाट ।

Share News