एसइईको नतिजा सार्वजनिक

<p>भक्तपुर । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले एसएलसीको रुपान्तरित माध्यमिक शिक्षा परीक्षा अर्थात् सेकेन्डरी एजुकेसन एक्जाम (एसइई) को नतिजा प्रकाशित गरेको छ । अक्षराङ्कन पद्धतिमा प्रकाशित नतिजाअनुसार नियमिततर्फ ग्रेड पोइन्ट एभरेज (जिपिए) ३.६५ देखि ४ सम्म नतिजा हासिल गर्ने विद्यार्थी चार हजार २८४ रहेका छन् । त्यस्तै जिपिए ३.२५ देखि ३.६० सम्मका ४२ हजार ४२७, २.८५ [&hellip;]</p>

भक्तपुर । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले एसएलसीको रुपान्तरित माध्यमिक शिक्षा परीक्षा अर्थात् सेकेन्डरी एजुकेसन एक्जाम (एसइई) को नतिजा प्रकाशित गरेको छ ।

अक्षराङ्कन पद्धतिमा प्रकाशित नतिजाअनुसार नियमिततर्फ ग्रेड पोइन्ट एभरेज (जिपिए) ३.६५ देखि ४ सम्म नतिजा हासिल गर्ने विद्यार्थी चार हजार २८४ रहेका छन् ।

त्यस्तै जिपिए ३.२५ देखि ३.६० सम्मका ४२ हजार ४२७, २.८५ देखि ३.०२ सम्म ५० हजार ६४६, २.४५ देखि २.८० सम्म ६१ हजार ९५५, २.५ देखि २.४० सम्म ९१ हजार ३१४, १.६५ देखि २.०० सम्म एक लाख आठ हजार ४६४ विद्यार्थीले नतिजा ल्याएका छन् ।

त्यसैगरी १.२५ देखि १.६० सम्म ६४ हजार ५७७ विद्यार्थीले नतिजा प्राप्त गरेका छन् ।

गत चैतको पहिलो साता भएको परीक्षामा परीक्षामा देशभरबाट नियमित र आंशिकतर्फ चार लाख ८३ हजार ९६७ ले आवेदन दिएकामा चार लाख ६३ हजार १६६ ले परीक्षा दिएका थिए । परीक्षाफलका सम्बधमा परीक्षा बोर्डले पत्रकार सम्मेलन गरी विगतको तुलनामा नतिजामा सुधार आएको जनाएको छ ।

नतिना हेर्न फोन, एसएमए र वेवसाइट
नेपाल टेलिकमले नतिजा हेर्नको लागि फोन र एसएमएसको व्यवस्था गरेको छ । १६ सय डायल गरेर नतिजा पाइने छ भने एसएईई टाइप गरेर एउटा स्पेश छोडेर सिम्बवल नम्बर र अल्फाबेट रखेर १६ सयमा एसएमएस गर्न सकिने टेलिकमले जानकारी दिएको छ ।

१६ सय नम्बरमा एसईई लेखेर सिम्बोलनम्बर मात्रै राखेर हुने एसएमएसबाट पनि नतिजा आउने छ । टेलिकमले आफ्नो वेवसाइटबाट मार्कसिटसहितको नजिता प्राप्त गर्न सकिने सुविधा दिएएको छ । यसका लागि टेलिकमको वेवसाइट www.see.ntc.net.np बाट मार्कसिटसहितको नतिजा हेर्न सकिने छ ।

Share News