पोखरा । मजदुर आन्दोलनको चपेटामा परेको पाँचतारे फूलबारी रिसोर्ट चार महिनादेखि ठप्प रहेको छ ।
व्यवस्थापन र आन्दोलनरत मजदुर समस्या सल्टाउनका लागि टसमस नहुँदा महिनौदेखि बन्द रहेको पाँचतारे रिसोर्ट खुल्न सकेको छैन ।
पोखराको पहिचानको रुपमा रहेको यो होटेल महिनौदेखि बन्द हुँदा पर्यटन क्षेत्रमा समेत नकारात्मक असर परेको छ । मजदुरले ३० महिनाको संचयकोष, २२ महिनादेखि सेवा शुल्क र ६ महिनादेखि पारिश्रमिक नपाएपछि मजदुर आन्दोलित भएका हुन ।
मजदुरको माग पूरा गर्नु कता हो कता व्यवसथापनले उल्टै होटल नै बन्द गरेको पनि उल्लेख छ । आन्दोलनरत पक्ष र व्यवस्थापनबीच पटकपटक बार्ता भएपनि सहमति हुन नसक्दा होटल खुल्न नसकेको हो । नागरिक दैनिकबाट ।