काठमाडौं । महिन्द्रा गाडीहरुको आधिकारिक विक्रेता तथा नेपालकै एक अग्रणी कम्पनी अग्नि ग्रुप अन्तर्गतको अग्नि इन्कर्पाेरेटेडले महिन्द्रा एक्स्यूभी५००को नयाँ अटोमेटिक रेन्ज नेपाली बजारमा ल्याएको छ ।

नयाँ नियू एज एक्स्यूभी५०० अटोमेटिक सँग अब ग्राहकहरुको ड्राइभिङ्ग अनुभव झनै प्रभावकारी हुने छ । ग्राहकहरुले सिटि रोडमा आनन्द लिनुका साथै जस्तो सुकै कठिन अफ-रोडहरुमा पनि आरामका साथ यात्रा गर्न सक्नेमा कम्पनी विश्वस्त छ । उक्त गाडिहरुका लागि बुकिङ्ग www.onlineagni.com खुल्ला गरिएको छ । साथै, ग्राहकहरुले नजिकको शोरुम गएर पनि बुकिङ्ग गर्न सक्ने कम्पनीले जनाएको छ ।