चुडामणि शर्मालाई छुटाउन दिल्लीका नेतालाई गुहारेर फर्किए पत्रकार ऋषि धमला

<p>काठमाडौं । पत्रकार ऋषि धमला अचानक दिल्ली पुगेर नेपाल फर्किएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजश्व विभागका महानिर्देशक चुडामणि शर्मालाई पक्राउ गरेपछि उनलाई छुटाउने दाैडदूपकाे क्रममा उनी भारतीय नेताहरुलाई भेट्न दिल्ली गएको श्रोतले बतायो । श्रोतका अनुसार धमलाले दिल्लीमा भारतीय गृहमन्त्री राजनाथ सिंह, भाजपाका नेता भगतसिंह कोशियारी लगायतलाई भेटेर चुडामणी शर्मालाई जोगाइ दिन [&hellip;]</p>

काठमाडौं । पत्रकार ऋषि धमला अचानक दिल्ली पुगेर नेपाल फर्किएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजश्व विभागका महानिर्देशक चुडामणि शर्मालाई पक्राउ गरेपछि उनलाई छुटाउने दाैडदूपकाे क्रममा उनी भारतीय नेताहरुलाई भेट्न दिल्ली गएको श्रोतले बतायो ।

श्रोतका अनुसार धमलाले दिल्लीमा भारतीय गृहमन्त्री राजनाथ सिंह, भाजपाका नेता भगतसिंह कोशियारी लगायतलाई भेटेर चुडामणी शर्मालाई जोगाइ दिन आग्रह गरेका थिए । धमलाले प्रधानमन्त्री तथा काँग्रेस सभापति शेर बहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई चुडामणी शर्माका पक्षमा बोल्न लगाउन आग्रह गरेका हुन् ।

धमलाले सञ्चालन गर्न लागेको प्राइम टेलिभिजनमा शर्माको समेत लगानी रहेको दावी पनि श्रोतले गरेको छ ।

यसैबीच धमलाले भारत गएर शर्माका पक्षमा दबाव सृजना गरेको भन्दै अख्तियारमा उजुरी परेको पनि बताइएको छ । धमलाले आन्तरिक मामलामा विदेशीलाई दबाव दिन लगाएको भन्दै शुक्रबार अख्तियारमा उजुरी परेको पनि श्रोतले बतायो ।

सो उजुरीका बारेमा आयोगको बैठकमै छलफल भएको समेत बताइएको छ । बिहिबार दिल्ली उडेका धमला आइतबार साँझ काठमाडौं फर्किएका छन् । शुक्रबार बिशेष अदालत काठमाडौंले शर्मालाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थपिदिएको थियो ।

पत्रकार धमला पटक पटक गैरकानुनी धन्धामा विवादमा मुछिदै आएका छन् । कहिले हतियार काण्ड, कहिले अपहरण काण्ड, कहिले यौन दुव्र्यवहार काण्ड, कहिले बलजफ्ती चन्दा असुली काण्डमा धमला विवादमा आउने गरेका छन् ।

Share News