२ रुपैयाँ ठग्दा ५ हजारको जरीवाना, सार्वजनिक सवारीले यात्रु भाडामा ठगे

<p>काठमाडौं । संयुक्त बजार अनुगमन गरिरहेका सरकारी टोलीले बढी भाडा असुल गर्दै आएका १०१ सवारी साधानलाई कारावाही गरेको छ । आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागको संयोजकत्वमा यातायात व्यवस्था विभाग, प्रहरी र ट्राफिक प्रहरी, उपभोक्ताकर्मीसहितको संयुक्त अनुगमन टोलिले यात्रु ठग्ने सवारीसाधनलाई कारवाही गरेको हो । १३ रुपैयाँ लिनुपर्ने यात्रुबाट १५, १७ र १८ रुपैयाँ [&hellip;]</p>

काठमाडौं । संयुक्त बजार अनुगमन गरिरहेका सरकारी टोलीले बढी भाडा असुल गर्दै आएका १०१ सवारी साधानलाई कारावाही गरेको छ ।

आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागको संयोजकत्वमा यातायात व्यवस्था विभाग, प्रहरी र ट्राफिक प्रहरी, उपभोक्ताकर्मीसहितको संयुक्त अनुगमन टोलिले यात्रु ठग्ने सवारीसाधनलाई कारवाही गरेको हो ।

१३ रुपैयाँ लिनुपर्ने यात्रुबाट १५, १७ र १८ रुपैयाँ लिनुपर्नेबाट २० रुपैयाँ असुल्दै आएको फेला परेको छ । अनुगमनमाबाट ठगी गर्ने सवारीसानलाई ट्राफिक प्रहरीकै सहयोगले ५ हजारसम्म जरीवाना गरिएको छ ।

यो सवारीवाना २ रुपैयाँ ठग्ने सवारीले पनि ५ हजार अनिवार्य तिर्नुपर्ने गरी कारवाही गरेको उल्लेख छ । कान्तिपुर दैनिकबाट ।

Share News