१२ वर्षपछि प्रधानमन्त्री भएका देउवाका चुनौती के के छन् त ? मोदीले दिए फोनमै बधाई

<p>काठमाडौं । तत्कालिन समयमा प्रतिनिधिसभाबाट निर्वाचन गराउन नसक्दा राजाबाट अपदस्थ कांग्रेस सभापति शेर बहादुर देउवा प्रदेश र केन्द्रीय संसद (संघ)को निर्वाचन गराउने जिम्मेवारीसहित चौथोपटक मुलुकको प्रधानमन्त्रीमा निर्वाचित भएका छन् । पधानमन्त्री बाट अपदस्त भएको १२ बर्ष ४ महिना ४ दिनपछि ‘खोलो’ फर्किएको छ । तर जिम्मेवारी भने, उही छ – निर्वाचन गराउने । प्रधानमन्त्रीका प्रमुख [&hellip;]</p>

काठमाडौं । तत्कालिन समयमा प्रतिनिधिसभाबाट निर्वाचन गराउन नसक्दा राजाबाट अपदस्थ कांग्रेस सभापति शेर बहादुर देउवा प्रदेश र केन्द्रीय संसद (संघ)को निर्वाचन गराउने जिम्मेवारीसहित चौथोपटक मुलुकको प्रधानमन्त्रीमा निर्वाचित भएका छन् ।

प्रधानमन्त्री देउवालाई बधाई दिदै विपक्षी दलका नेता केपी शर्मा ओली

पधानमन्त्री बाट अपदस्त भएको १२ बर्ष ४ महिना ४ दिनपछि ‘खोलो’ फर्किएको छ । तर जिम्मेवारी भने, उही छ – निर्वाचन गराउने ।

प्रधानमन्त्रीका प्रमुख कार्यभार
-माघ ७ भित्र तीनै तहको चुनाव
– संविधान संशोधन र कार्यन्वयन
– भूकम्पपछिको पुननिर्माण
– शान्तिप्रक्रियामा बाँकी काम
– गठबन्धनलाई निरन्तरता
-छिमेकी मुलुकसँग सन्तुलित सम्बन्ध
नागरिक दैनिकबाट ।

 देउवाका ५ चुनाैती
१‍. लगातार तीन तहको चुनाव सम्पन्न गर्नु ।
२.  बलियो प्रतिपक्षको सामना गर्नु ।
३. संविधान संशोधनमा असन्तुष्ट पक्षलाई लिएर अघि बढ्नु ।
४. संविधानको पूर्ण कार्यान्वयन र कार्यान्वयनका चरणमा आउने समस्याको समाधान गर्नु ।
५. संविधान संशोधन गरेर सर्वस्वीकार्य बनाउनु ।

थोरै बोल्ने र धेरे काम गर्ने देउवाको भनाइ

माओवादी केन्द्रसँग एक वर्षदेखि जारी रहेको सत्ता गठबन्धनलाई निरन्तरता दिँदै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मंगलबार मुलुकको प्रधानमन्त्री चुनिनुभएको छ । कांग्रेस र माओवादीबीच एक वर्षअघि पुष्पकमल दाहालको सत्तारोहणकै बेला आलोपालो रूपमा सत्ताको नेतृत्व गर्ने सहमति भएको थियो । प्रधानमन्त्रीमा चयन भएपछि देउवाले चौथोपटकको आफ्नो यो कार्यकालमा कम बोलेर बढी काम गर्ने बताउनुभएको छ ।

आरोपरप्रत्यारोप र तिक्तताबीच सत्ता हस्तान्तरण हुने गरेको नेपाली राजनीतिमा मंगलबार कामचलाउ प्रधानमन्त्री दाहालकै प्रस्तावमा देउवा मुलुकको ४० औं प्रधानमन्त्री चुनिनुभएको हो । ‘जाने प्रधानमन्त्री नै आउने प्रधानमन्त्रीको प्रस्तावक बस्नु यो विश्वकै नयाँ घटना होला’, दाहालले संसद्मा यस्तो धारणा राख्दा संसद् भवन तालीले गुञ्जायमान बनेको थियो ।

माओवादीसँग यति नजिक बन्नुभएका देउवा कुनै समय भने उनीहरूको ‘कट्टर दुस्मन’ हुनुहुन्थ्यो । माओवादी युद्धमा देउवा मात्र एउटा त्यस्तो व्यक्ति हो जसको दुईपटक हत्या प्रयास भएको थियो । त्यस्तै, देउवाकै प्रधानमन्त्रीत्वकालमा माओवादीका शीर्ष नेताहरूको टाउकाको मोल तोकिएको थियो । अन्नपूर्ण पोस्टबाट ।

मोदीले दिए फोनमै बधाई
नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवालाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मगलबार साँझ टेलिफोन गरेर बधाइ दिएका छन् ।

प्रधानमन्त्री भएलगत्तै भारतीय प्रधानमन्त्री मोदीले टेलिफोन गरेर भारत नेपाललाई पूर्ण रुपमा सहयोग गर्न तयार भएको प्रतिवद्धता जनाएका थिए ।

देउवाका स्वकीय सचिव भानु देउवाले देउवाको भनाइ उद्धृत गर्दै भने, बधाइ दिनुभएकोमा धन्यवाद, विगतमा पनि भारतबाट सहयोग रहँदै आएको छ र दुई देशको आपसी हीत हुने गरी काम गर्नेछु ।

Share News