आईएमई अटोमोटिभ्सद्धारा आयोजित यूएम बाईक र्याली सम्पन्न, शुक्रबारसम्म बाइक एक्स्चेञ्ज क्याम्प

<p>पानीपोखरी । आईएमई अटोमोटिभ्सले गणतन्त्र दिवसको अवसर पारेर आयोजना गरेको ‘रेनगेडस्पोर्ट’ मोडलको बाइक र्याली सम्पन्न गरेको छ । सोमवार विहाने ११ः०० बजे जमल बाट शुरु भएको र्याली घण्टाघर, सुन्धारा, टेकु, कलङ्की, बालाजु, महाराजगंज, बानेश्वर, सँखमुल, पाटन दरबार स्क्वायर, लगनखेल, जावलाखेल, कुपण्डोल, थापाथली, न्यूरोड हुँदै पुनः जमल स्थित यूएम एक्स्कुलसिभ शोरुममा गएर समापन भएको थियो । [&hellip;]</p>

पानीपोखरी । आईएमई अटोमोटिभ्सले गणतन्त्र दिवसको अवसर पारेर आयोजना गरेको ‘रेनगेडस्पोर्ट’ मोडलको बाइक र्याली सम्पन्न गरेको छ । सोमवार विहाने ११ः०० बजे जमल बाट शुरु भएको र्याली घण्टाघर, सुन्धारा, टेकु, कलङ्की, बालाजु, महाराजगंज, बानेश्वर, सँखमुल, पाटन दरबार स्क्वायर, लगनखेल, जावलाखेल, कुपण्डोल, थापाथली, न्यूरोड हुँदै पुनः जमल स्थित यूएम एक्स्कुलसिभ शोरुममा गएर समापन भएको थियो ।

र्यालीमा रेनगेड सिरिज अन्तर्गतका स्पोर्टस, कमाण्डो बाइक रहेको उक्त र्यालीलाई इन्डियन स्टाइलीस क्रुजर रेनगेड स्पोर्टस एस ३०० र रेनगेड कमाण्डो ३०० ले इस्र्कोटीङ्ग गराएको यस र्यालीमा झण्डै पचास जना चालकको सहभागिता रहेको थियो । सहभागीहरु प्रत्येकलाई २ वटा मुभी टिकट, युएम ब्राण्डेड टी-सर्ट, ३ लिटर पेट्रोल, लन्चबक्स र सहभागी सबैलाइ सहभागिताको प्रमाणपत्र प्रदान गरिएको थियो । त्यस्तै सहभागीहरु मध्ये उत्कृष्ट पाँच चालक (अनुशासीत तथा सुरक्षीत चालक) लाई चन्द्रागिरि केबलकारको टिकट प्रदान गरिएको थियो ।

कार्यक्रमको अवसरमा, युएम बाइकले सोमबारबाट जमल स्थित यूएम एक्स्कुलसिभ शोरुममा पाँच दिन सम्म बाइक एक्स्चेञ्ज क्याम्पको आयोजना गरेको छ । यस कार्यक्रममा उत्कृष्ट मुल्याङ्कन र आकर्षक छुटको व्यबस्था गरिएको कम्पनीले जनाएको छ ।

Share News