अझै ६ लाख पुस्तक अभाव, मतपत्र छपाईले कक्षा सुरु भएकको डेढ महिनामा पनि विद्यार्थीले पुस्तक पाएनन्

<p>काठमाडौं । शैक्षिक सत्र सुरु भएको डेढ महिनामा हुन लाग्दा पनि अझै पाठ्यपुस्तक अभाव भएको छ । विद्यालय तहको पाठ्यपुस्तक छपाइको जिम्मोवारी पाएको जनक शिक्षा सामग्री केन्द्र आफैंले संकलन गरेको तथ्यांकअनुसार अझै पनि ६ लाख थान पाठ्यपुस्तक अभाव छ । जनकशिक्षा केन्द्रका निर्देशक कपिल पोखरेलले अघिल्लो वर्षजस्तो पुस्तक अभाव नभएपनि अझै ६ लाख थान पाठ्यपुस्तक [&hellip;]</p>

पुस्तककाे फाइल फाेटाे

काठमाडौं । शैक्षिक सत्र सुरु भएको डेढ महिनामा हुन लाग्दा पनि अझै पाठ्यपुस्तक अभाव भएको छ ।

विद्यालय तहको पाठ्यपुस्तक छपाइको जिम्मोवारी पाएको जनक शिक्षा सामग्री केन्द्र आफैंले संकलन गरेको तथ्यांकअनुसार अझै पनि ६ लाख थान पाठ्यपुस्तक अभाव छ ।

जनकशिक्षा केन्द्रका निर्देशक कपिल पोखरेलले अघिल्लो वर्षजस्तो पुस्तक अभाव नभएपनि अझै ६ लाख थान पाठ्यपुस्तक आवश्यक रहेको देखिएको बताए । जनकशिक्षा शिक्षा सामग्री केन्द्रमा मतपत्र छपाई गर्दा पुस्तक छपाईमा ढिलो भएको पनि उल्लेख छ । नयाँ पत्रिका दैनिकबाट ।

Share News