ओबिओआरमा हस्ताक्षर, रेल र सडक सञ्जाल विस्तारमा चिनले सघाउने

<p>काठमाडौं । नेपालले वान बेल्ट वान रोड(ओबिओआर)मा हस्ताक्षर गरेको छ । परराष्ट्र सचिव शंकर दास बैरागी र नेपालका लागि चिनियाँ राजदुत यु होङले ओबिओआर सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । परराष्ट्र मन्त्रालयमा आयोजीत हस्ताक्षर समारोहमा उप प्रधान तथा अर्थ मन्त्री कृष्ण बहादुर महरा, परराष्ट्र मन्त्री डा. प्रकाश शरण महतको सहभागीता रहेको थियो । ओबिओआरमा नेपालले [&hellip;]</p>

काठमाडौं । नेपालले वान बेल्ट वान रोड(ओबिओआर)मा हस्ताक्षर गरेको छ । परराष्ट्र सचिव शंकर दास बैरागी र नेपालका लागि चिनियाँ राजदुत यु होङले ओबिओआर सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । परराष्ट्र मन्त्रालयमा आयोजीत हस्ताक्षर समारोहमा उप प्रधान तथा अर्थ मन्त्री कृष्ण बहादुर महरा, परराष्ट्र मन्त्री डा. प्रकाश शरण महतको सहभागीता रहेको थियो ।

ओबिओआरमा नेपालले हस्ताक्षर गरेसँगै दुई देशका बिचमा व्यापार, सडक यातायात, रेल सञ्जाल, विद्युतिय ट्रान्स मिसन लाइनको विस्तार तथा हवाई सेवा सञ्जालको विस्तार तथा सूचना प्रबिधीका ग्रीड निर्माणमा सहयोग पुग्नेछ । ओबिओआर सम्झौतामा नेपालले हस्ताक्षर गरेसँगै निर्माण हुने पुर्वाधारले नेपाललाई युरोप तथा रसियासम्म पुग्ने मार्ग प्रशस्त गर्नेछ । ओबिओर नेटवर्टकले विश्वको एक तिहाई भुभागलाई समेटेको छ ।

नेपाल र चीन सरकारका बिचमा सन २०१४ मा सम्पन्न प्रारम्भिक सम्झौताको विस्तृत संस्करणका रुपमा ओबिओआरमा नयाँ सम्झौता भएको हो ।

Share News