काठमाडौं । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले नयाँ ३ वटा क्लियरिङ बैंकसँग सेवा आरम्भ सम्बन्धी सम्झौता गरेको छ । मंगलबार नयाँ तीन वटा क्लियरिङ बैंकसँग सम्झौता गरिएको सिडिएसका प्रमुख कार्यकारी देवप्रकाश गुप्ताले जानकारी दिए ।
हालसम्म ग्लोबल आइएमई बैंकले मात्रै क्लियरिङ बैंकको काम गर्दै आएको छ । नेपाल धितोपत्र बोर्डको निर्देशन अनुसार सिडिएसले नयाँ क्लियरिङ बैंक थप्ने प्रक्रिया अघि बढाएको थियो । नेपाल स्टक एक्सचेन्जको संचालक समितिबाट स्वीकृत मापदण्ड र मुल्यांकन तालिका अनुसार सिडिएसले नेपाल इन्भेस्टमेन्ट बैंक, सिद्धार्थ बैंक र प्रभु बैंकलाई क्लियरिङ बैंकका रुपमा छनौट गरेको थियो ।
‘क्लियरिङ बैंकसँग सम्झौता गरेका छौं, अब ब्रोकरसँग सम्झौता हुन्छ र एक देखि ढेड हप्ताका बिचमा नयाँ क्लियरिङ बैंकले सेवा आरम्भ गर्नेछन’, सिडिएसका प्रमुख कार्यकारी अधिकृत गुप्ताले विकासन्युजसँग भने ।