सिस्का एलइडीको एक्सक्लुसिभ शोरुम पुतलीसडकमा सञ्चालन

<p>काठमाडौं । भारतीय इलेक्ट्रोनिक्स ब्राण्ड सिस्काले नेपालमा एलइडी चिमको एक्स्क्लुसिभ शोरुम सञ्चालन गरेको छ । कम्पनीले कल मोविलिटीको सहकार्यमा काठमाडौंको पुतलीसडकमा ’फ्लागसिप शोरुम’ सञ्चालनमा ल्याएको हो । उक्त शोरुममा घरेलु, औद्योगिक तथा व्यापारिक प्रयोजनका लागि विभिन्न प्रकारका सिस्काका एलइडी उत्पादनहरु राखिएको छ । कम्पनीले रेसिडेन्सियल, कमर्सियल, आउटडोर तथा इन्डस्ट्रियल लाइटिङको पनि एकै ठाँउमा सुविधा दिने [&hellip;]</p>

काठमाडौं । भारतीय इलेक्ट्रोनिक्स ब्राण्ड सिस्काले नेपालमा एलइडी चिमको एक्स्क्लुसिभ शोरुम सञ्चालन गरेको छ । कम्पनीले कल मोविलिटीको सहकार्यमा काठमाडौंको पुतलीसडकमा ’फ्लागसिप शोरुम’ सञ्चालनमा ल्याएको हो ।

उक्त शोरुममा घरेलु, औद्योगिक तथा व्यापारिक प्रयोजनका लागि विभिन्न प्रकारका सिस्काका एलइडी उत्पादनहरु राखिएको छ । कम्पनीले रेसिडेन्सियल, कमर्सियल, आउटडोर तथा इन्डस्ट्रियल लाइटिङको पनि एकै ठाँउमा सुविधा दिने बताएको छ ।

साथै, स्टोरबाट रेसिडेन्सियल क्षेत्रमा प्रयोग हुने चिमको मोडेल र स्मार्ट एलइडी चिम, लिड सिलिङ लाइट, कम्प्याक्ट सिलिङ लाइट, लिड गार्डेन लाइट्स, वाल स्कोन्सका साथै रेसिडेन्सियल एरिया, आउटडोर लाइट्निङ, व्यापारिक रुपमा प्रयोग हुने लाइटिङको वारेमा सम्पूर्ण जानकारी तथा सेवा दिने कम्पनीले जनाएको छ ।

हाल सिस्काले भारतमा १०० भन्दा धेरै एक्सक्लुसिभ आउटलेट र ९० हजारभन्दा धेरै शोरुम मार्फत एलइडी र मोवाइल एक्सेसरिज बिक्री गर्दै आएको कम्पनीले जनाएको छ ।

Share News