२१ बाणिज्य बैंकको नाफा ४१ प्रतिशतले बढ्यो, कुन बैंकले कति कमाए(सूचिसहित)

<p>काठमाडौं । चालु आर्थिक बर्षको नौ महिनामा २१ वटा बाणिज्य बैंकहरुको नाफा ४१ दशमलब २९ प्रतिशितले वृद्धि भएको छ । गत आर्थिक बर्षको तेश्रो त्रैमासिकसम्ममा १८ अर्ब ६० करोड नाफा कमाएका २१ वटा बाणिज्य बैंकहरुले चालु आवको सोही अवधीमा ४१ दशमलब २९ प्रतिशत नाफा वृद्धि गरेका हुन् । चालु आवको नौ महिनामा तिनै बैंकहरुको नाफा [&hellip;]</p>

काठमाडौं । चालु आर्थिक बर्षको नौ महिनामा २१ वटा बाणिज्य बैंकहरुको नाफा ४१ दशमलब २९ प्रतिशितले वृद्धि भएको छ । गत आर्थिक बर्षको तेश्रो त्रैमासिकसम्ममा १८ अर्ब ६० करोड नाफा कमाएका २१ वटा बाणिज्य बैंकहरुले चालु आवको सोही अवधीमा ४१ दशमलब २९ प्रतिशत नाफा वृद्धि गरेका हुन् ।

चालु आवको नौ महिनामा तिनै बैंकहरुको नाफा २६ अर्ब २८ करोड पुगेको छ । जुन अघिल्लो आवको सोही अवधीको भन्दा ७ अर्ब ६८ करोडले बढि हुन आउँछ । नौ महिने अवधीमा नबिल बैंकले सबै भन्दा धेरै २ अर्ब ७० करोड नाफा कमाएको छ भने नेपाल बैंकले २ अर्ब ५१ करोड नाफा कमाएको छ ।

स्ट्याण्डर्ड चाटर्ड बैंकले एक अर्ब ६ करोड नाफा कमाएको छ भने हिमालयन बैंकले एक अर्ब ५३ करोड नाफा कमाएको छ । एभरेष्ट बैंकले एक अर्ब ५२ करोड नाफा आर्जन गर्दा ग्लोबल आइएमई बैंकले एक अर्ब ४९ करोड, प्रभुले एक अर्ब ४४ करोड, एनएमबीले एक अर्ब २१ करोड र एनआईसी एसियाले एक अर्ब १३ करोड नाफा कमाएका छन् ।

नेपाल एसबिआई बैंकले एक अर्ब १० करोड आम्दानी गरेको छ भने सिद्धार्थ बैंकले एक अर्ब ४ करोड नाफा कमाएको छ । त्यस्तै, माछापुच्छ्रे बैंकले पनि एक अर्ब नाफा आर्जन गर्न सफल भएको छ । २१ बाणिज्य बैंकमध्ये मेगा बैंकले सबै भन्दा कम अर्थात जम्मा ५४ करोड मात्रै नाफा कमाउन सफल भएको देखिन्छ ।

Share News