एचटिसीका बहुप्रतिक्षित स्मार्टफोनका तीन मोडलहरु नेपाली बजारमा

<p>काठमाडौं । नेपालका लागि एचटिसी स्मार्टफोनको एक मात्र आधिकारिक बितरक जनरल नेक्स्ट कम्यूनिकेसन्स प्रालिले एचटिसी यू प्ले, एचटिसी वान एक्स ९ तथा एचटिसी डिजायर ८२५ बजारमा सार्वजनिक गरेको छ । एचटिसी यू प्लेको मूल्य रु ४९,९९९, एचटिसी वान एक्स ९ को मूल्य रु २८,६०० तथा एचटिसी डिजाइर ८२५ को मूल्य रु. १८,९०० तोकिएको कम्पनीले जनाएको [&hellip;]</p>

काठमाडौं । नेपालका लागि एचटिसी स्मार्टफोनको एक मात्र आधिकारिक बितरक जनरल नेक्स्ट कम्यूनिकेसन्स प्रालिले एचटिसी यू प्ले, एचटिसी वान एक्स ९ तथा एचटिसी डिजायर ८२५ बजारमा सार्वजनिक गरेको छ । एचटिसी यू प्लेको मूल्य रु ४९,९९९, एचटिसी वान एक्स ९ को मूल्य रु २८,६०० तथा एचटिसी डिजाइर ८२५ को मूल्य रु. १८,९०० तोकिएको कम्पनीले जनाएको छ । एचटिसी यू प्ले ब्लू रंगमा उपलब्ध हुनेछ भने एचटिसी वान एक्स ९ गोल्ड र ग्रे रंगमा उपलब्ध हुनेछ । त्यस्तै, एचटिसी डिजाइर ८२५ ग्रे र ह्वाइट रंगको अप्सनमा उपलब्ध छ ।

एचटिसी यू प्ले

एचटिसीको यू सिरिज सन् २०१७मा शुरु भएको हो, जसमा नयाँ डिजाइर र सुविधाहरु राखिएको छ । यसको मुख्य विशेषता भनेको लिक्विड सर्फेस हो, कम्पनीकाअनुसार यसको बाहिरी भागलाई हातले दबाउन सकिन्छ । यसमा ५.२ इन्चको फूलएचडी सूपर एलसिडी डिस्प्ले राखिएको छ भने गोरिल्ला ग्लासद्धारा सुरक्षित बनाईएको छ । यसमा २.० गीगाहर्जको ६४ बिट अक्टा कोर मिडिया टेक हेलियो पी १० प्रोसेसर प्रयोग गरेको छ । फोनमा ४ जीबीको र्याम तथा ६४ जीबीको स्टोरेज छ जसलाई बढाएर २ टिबीसम्म पुर्याउन सकिन्छ । फोटोका लागि १६ मेगापिक्सेलको रियर तथा फ्रन्ट क्यामरा छ जसले कम प्रकाशमा पनि चहकिलो फाटो खिच्न सक्दछ ।

यसको दुबै क्यामराले एचडी क्वालिटिको भिडियो रेकर्ड गर्न सकिन्छ । एचटिसी यू प्ले स्मार्टफोना २५०० एमएएचको ब्याट्री प्याक छ, जसले ८ घण्टासम्मको रेकर्ड गर्न सकिन्छ भने ४४ मिनेटसम्म निरन्तर एचडी भिडियोहरु हेर्न सकिन्छ । सामान्य प्रयोगका लागि भने दिनभर ब्याट्री ब्याकअप दिन्छ । फोनमा एचटिसी यू सोनिक, ड्यूल नानो सिम स्लट, ब्लूटूथ ४.२, ड्यूल ब्याण्ड वाईफाई, एनएफसी, ओटिजी, जीपीएस, ग्लोनासलगायतका सुविधा छन्। फोरजी सपोर्ट गर्ने यो स्मार्टफोनमा जाईरोस्कोप, म्याग्नेटिक तथा फिंगरप्रिन्टलगायतका सेन्सर रहेको छ ।

एचटिसी वान एक्स ९

एचटिसी वान एक्स ९ कम्पनीको डिजाईर श्रेणीको उत्कृष्ट स्मार्टफोन हो । वान एक्स ९ मा पुरा मेटल फ्रेम प्रयोग गरिएको छ जसले फोनलाई निकै आकर्षक र प्रिमियम ह्याण्डसेट बनाएको छ । यसको अग्रभागमा ग्लास राखिएको छ जो केहि घुमाउदार र आकर्षक देखिन्छ । यसको डिस्प्ले भन्दा मुनी ब्याक, होम र रिसेन्ट बटनराखिएको छ । यसको स्क्रीनलाई गोरिल्ला ग्लासद्धारा सुरक्षित बनाईएको छ । डिस्प्लेको माथिल्लो भाग र तल्लो भागमा ड्यूल स्पीकर ग्रिले प्रयोग गरिएको छ ।

एचटिसी वान एक्स ९ मा ५.५ इन्चको फूलएचडी सूपर एलसिडी डिस्प्ले राखिएको छ, जसले घाम लागेको बेलामा पनि सहजरुपमा फोन हेर्न र चलाउन सकिन्छ । यो फोनमा भएको ड्यूल एचटिसी बूम साउण्ड स्पीकरले गर्दा फोनमा भिडियो र गेम खेल्न निकै आनन्द हुन्छ । एचटिसी वान एक्स ९ मा मिडिया टेकको अक्टाकोर हेलियो एक्स १० प्रोसेसर छ भने ३ जीबीको र्याम रहेको छ । यसमा ३२ जीबीको आन्तरिक स्टोरेज छ भने यसलाई बढाएर २ टिबीसम्म पुर्याउन सकिन्छ। फोटोका लागि १३ मेगापिक्सेलको रियर क्यामरा तथा ५ मेगपिक्सेलको फ्रन्ट फेसिंग क्यामरा राखिएको छ । वान एक्स ९ मा ब्लूटूथ ४.२, वाईफाई ,जीपीएस, ग्लोनास, मिराकास्ट तथा फोरजी एलटिईको सुविधा छ । फोनमा ३,००० एमएएचको ब्याट्री छ भने क्विक चार्जीङ सपोर्ट गर्दछ ।

एचटिसी डिजायर ८२५

यो स्मार्टफोनमा ५.५ इन्चको टचस्क्रीन डिस्प्ले राखिएको छ जसको रिजोल्यूशन ७२०ह्१२८० पिक्सेल छ । फोनमा १.६ गीगाहर्जको क्वाड कोर क्वालकम स्न्यापड्रागन ४०० प्रोसेसर छ भने २ जीबीको र्याम राखिएको छ। फोनमा १६ जीबीको आन्तरिक स्टोरेज छ, जसलाई माइक्रो एसडी कार्डको सहयोगबाट बढाएर १२८ जीबीसम्म पुर्याउन सकिन्छ। क्यामराको बारेमा, एचटिसी डिजायर ८२५ मा १३ मेगापिक्सेलको मुख्य क्यामरा तथा ५ मेगापिक्सेलको फ्रन्ट क्यामरा सेल्फीका लागि राखिएको छ ।

एन्ड्रोयड ६.० भर्सनमा संचालन हुने फोनमा २७०० एमएएचको रिमुभेवल ब्याट्री छ । एचटिसी डिजायर ८२५ मा ड्यूल माइक्रो सिम सपोर्ट गर्दछ । कनेक्टिभिटीका लागि यसमा वाईफाई, जीपीएस, ब्लूटूथ, यूएसबी ओटिजी, एफएम, थ्रीजी तथा फोरजी राखिएको छ । यसमा प्रोक्सिमिटी सेन्सर, एक्सेलेरोमिटर, एम्बिएन्ट लाइस सेन्सर तथा जाइरोस्कोप राखिएको छ ।

Share News