काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकले निष्काशन गरेको एफपीओ सोमबार बाँडफाँड भएको छ । सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटलका अनुसार १० कित्ता देखि १४० कित्तासम्म सेयर आवेदन गर्नेलाई चिठ्ठा प्रणालीबाट बाँडफाँड गरिएको छ । उनीहरुमध्ये प्रति आवेदक १० कित्ता सेयर पाएका छन् ।
१५० र १६० कित्ताका आवेदकलाई दश कित्ताका दरले सेयर वितरण गरिएको छ । १७० कित्ता आवेदन गर्नेले ११ कित्ता तथा सबैभन्दा बढी २५ हजार ५८० कित्ता आवेदन गर्नेले १६३० कित्ता सेयर पाएका छन। एनएमबी क्यापिटलका अनुसार ९९ जना आवेदकले १६३० कित्ताका दरले सेयर पाएका छन । ९९ जनाले १६३० कित्ता सेयर पाएका छन् । उनीहरु सबैभन्दा बढी सेयर पाउने आवेदक हुन् ।
बैंकले प्रतिकित्ता १०० अंकित सेयरमा ११९० रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता १२९० रुपैयाँमा २५ लाख ५८ हजार १४० लाख कित्ता एफपिओ निष्काशन गरेको थियो । त्यसमा २ करोड ८२ लाख ३० हजार ४७० कित्ता सेयरका लागि माग आवेदन परेको थियो । बैंकले निष्काशन गरेको भन्दा ११.०४ गुणा बढी आवेदन परेको थियो । १ लाख ४० हजार १३२ जनालाई बाँडफाँड गरिएको छ ।