सगरमाथा इन्स्योरेन्सका सञ्चालक ओम कृष्णको राजीनामा

<p>काठमाडौं । सगरमाथा इन्स्योरेन्सका सञ्चालक ओमकृष्ण जोशीले  राजीनामा दिएका छन् । वैशाख १९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले जोशीको राजीनामा स्वीकृत गरेको हो । जोशीले बोर्डमा साधारण सेयरधनीको प्रतिनिधित्व गरेका थिए । जोशीले बैशाख २० गतेदेखि लागु हुने गरि राजीनामा दिएका हुन् । बैंक तथा वित्तीय संस्था सम्बन्धी नयाँ ऐनले बैंक र बीमा कम्पनीमा एउटै [&hellip;]</p>

काठमाडौं । सगरमाथा इन्स्योरेन्सका सञ्चालक ओमकृष्ण जोशीले  राजीनामा दिएका छन् । वैशाख १९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले जोशीको राजीनामा स्वीकृत गरेको हो ।

जोशीले बोर्डमा साधारण सेयरधनीको प्रतिनिधित्व गरेका थिए । जोशीले बैशाख २० गतेदेखि लागु हुने गरि राजीनामा दिएका हुन् ।

बैंक तथा वित्तीय संस्था सम्बन्धी नयाँ ऐनले बैंक र बीमा कम्पनीमा एउटै व्यक्ति सञ्चालक हुन नपाउने व्यवस्था भएकोले उनले राजीनामा गर्नु परेको कम्पनी स्रोतले बतायो । जोशी सनराईज बैंकमा सञ्चालक छन् ।

Share News