६ करोड ४८ लाख खर्चेर नेपाल औषधी लिमिटेडले थाल्यो जिवन जलको उत्पादन

<p>काठमाडौं । नेपाल औषधी लिमिटेडले ६ करोड ४८ लाख खर्चेर जिवन जलको उत्पादन आरम्भ गरेको छ । उद्योग मन्त्री नविन्द्रराज जोशीले एक कार्यक्रमका बिच उत्पादन आरम्भ भएको घोषणा गरेका हुन् । नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको नेपाल औषधी उद्योग लिमिटेड केही समयदेखी बन्द अवस्थामा थियो । विश्व स्वास्थ्य संगठनले तय गरेको कुशल निर्माण विधि(जिएमपी) शुरु [&hellip;]</p>

काठमाडौं । नेपाल औषधी लिमिटेडले ६ करोड ४८ लाख खर्चेर जिवन जलको उत्पादन आरम्भ गरेको छ । उद्योग मन्त्री नविन्द्रराज जोशीले एक कार्यक्रमका बिच उत्पादन आरम्भ भएको घोषणा गरेका हुन् । नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको नेपाल औषधी उद्योग लिमिटेड केही समयदेखी बन्द अवस्थामा थियो ।

विश्व स्वास्थ्य संगठनले तय गरेको कुशल निर्माण विधि(जिएमपी) शुरु गर्नको लागि नेपाल सरकारको तर्फबाट १४ करोड ६५ लाख रुपैया ऋण स्वरुप नेपाल औषधी लिमिटेडलाई उपलब्ध गराउने निर्णय गरेको थियो । सोही निर्णय अनुसार पहिलो चरणमा साढे ६ करोडको लागतमा जिवनजल उत्पादन आरम्भ गरिएको हो । आगामी ३ महिना भित्र सिटामोल लगाएत नन पेनिसिलिन गु्रपका ट्यावलेटहरु उत्पादन गरी बजारमा पु¥याउने लक्षका साथ नविकरण र आवश्यक मेशिनहरु खरिद गर्ने कार्यको ठेक्का सम्झौता गरी द्रुत स्तरमा कार्य अगाडी बढिरहेको छ ।

दोस्रो चरणमा नेपाल औषधी लिमिटेडले अत्यावश्यक र बजारमा खपत बढि भएका १५ भन्दा बढि प्रकारका नयाँ औषधी समेत उत्पादन गर्ने लक्ष्य लिई सो अनुरुप कार्य अगाडी बढाएको छ । यसैगरी तेस्रो चरणमा उद्योगले क्याप्सुल, पेनिसिलिन गु्रपका औषधी, झोल तथा मलमहरु उत्पादन गर्ने र इन्ट्राभेनस फ्ल्युड(आइभिएफ) शाखा समेत संचालनमा ल्याई स्लाईन तथा हेमोडायलायसिस फ्ल्युड जस्ता अति आवश्यक औषधीहरुको उत्पादनलाई समेत अगाडी बढाउने प्रष्ट कार्यसूचीका साथ अगाडी बढिरहेको छ ।

राष्ट्रिय स्वास्थ्य नीति २०७१ को उद्धेश्य अनुरुप स्वास्थ्य मन्त्रालय सँग समन्वय गरी नेपाल सरकारबाट निशुल्क वितरण गरिने ७० प्रकारका औषधी तथा नेपाल सरकारले सूचिकृत गरेका अत्यावश्यक औषधीहरु नेपाल औषधी लिमिटेडबाट उत्पादन गरी नेपाल सरकारलाई उपलब्ध गराउने गरी कार्य योजना अगाडी बढाउने दिशामा काम भैरहेको उद्योग मन्त्री जोशीले बताए ।

नेपाल औषधी लिमिटेडको स्थापना २०२९ सालमा भएको थियो । विगतमा नेपाल औषधी उद्योगले १२० थरिका औषधीहरु उत्पादन गरी बजारमा विक्री गर्दै आईरहेको थियो । २०६६ साल देखि सो औषधी उद्योग पूर्ण रुपमा वन्द अवस्थामा रहेको थियो ।

Share News