काठमाडौं । सर्वाेच्च अदालतले प्रधानन्यायधिस सुशिला कार्की विरुद्धको महाअभियोगलाई अघि नबढाउन अन्तरिम आदेश जारी गरेको छ ।

अधिवक्ता सुनिलरञ्जन सिंहले कार्की विरुद्धको महाअभियोग प्रस्ताव रोक्न माग गर्दै सर्वाेच्च अदालतमा मुद्धा दायर गरेका थिए ।
न्यायधिश चोलेन्द्र शमशेर जबराको एकल इजलासले महाअभियोग लगाउनुपर्ने कारण पेश गर्न भन्दै तत्कालका लागि प्रक्रिया अघि नबढाउन नेपाल सरकार, व्यवस्थापिका संसदका नाममा अन्तरिम आदेश जारी गरेको हो ।
सर्वाेच्चको आदेशमा प्रधानन्यायधिश कार्कीलाई आजकै मितिबाट आफ्नो पुर्ववत जिम्मेवारी निर्वाह गर्न पनि आदेशमा भनिएको छ ।

