काठमाडौं । अफिसर्श च्वाईस ब्लू ह्विस्की नेपाली बजारमा प्रवेश गरेको छ । अलाइड ब्लेण्डर्स एण्ड डिस्ट्रिब्युटर्सले अफिसर्श च्वाईस ब्लू ह्विस्की नेपाली बजारमा भित्र्याएको हो ।

यो ह्विस्की सन २०११ मा मात्रै बजारमा आएको थियो । सन २०१६ मा मात्रै यो ह्विस्की ३ करोड ३२ लाख केस बिक्रि भएको थियो ।
हाल यो ह्विस्की बार्षिक ८० लाख केस उत्पादन भैरहेको छ । अफिसर्श च्वाइस हाल विश्वका २६ देशहरुमा बिक्रि वितरण भैरहेको छ ।
जौ र छानिएका अन्नहरुबाट बनेको अफिसर्श च्वाइस ब्ल्युले नेपाली उपभोक्ताको मन जित्ने अलाइड ब्लेण्डर्स एण्ड डिष्ट्रिब्युटर्सका उपाध्यक्ष दिपक रायले भने ।