बन्दैछ स्मार्ट काठमाडौंः नक्सापासको हस्ताक्षर पनि अनलाइनबाटै, प्रमाण पत्र घरमै पाइने

<p>काठमाडौं । अब काठमाडौं महानगरपालिकामा नक्सा पास गर्दा गर्नुपर्ने हस्ताक्षर पनि अनलाइनबाटै गर्ने व्यवस्था मिलाएको छ । गत साउनदेखि अनलाइन नक्सापास गर्दै आएको महानगरले नागरिकलाई थप सुविधा हस्ताक्षर पनि अनलाइनबाटै गर्ने सुविधा थपेको हो । घरबाटै नक्सा पासका लागि दर्ता र पास भएको नक्सा लिन पाउनेछन् । महानगरले यो व्यवस्था लागू गर्न नीतिगत निर्णय गरिसकेको [&hellip;]</p>

काठमाडौं । अब काठमाडौं महानगरपालिकामा नक्सा पास गर्दा गर्नुपर्ने हस्ताक्षर पनि अनलाइनबाटै गर्ने व्यवस्था मिलाएको छ । गत साउनदेखि अनलाइन नक्सापास गर्दै आएको महानगरले नागरिकलाई थप सुविधा हस्ताक्षर पनि अनलाइनबाटै गर्ने सुविधा थपेको हो ।


घरबाटै नक्सा पासका लागि दर्ता र पास भएको नक्सा लिन पाउनेछन् । महानगरले यो व्यवस्था लागू गर्न नीतिगत निर्णय गरिसकेको छ ।
केही प्राविधिक समस्या समाधान हुनेबित्तिकै छिट्टै काम शुरू हुन्छ । हस्ताक्षर समेत अनलाइनबाट हुने भएपछि अब महानगरवासीले यस किसिमको सेवा लिनको लागि पाउने झन्झटबाट मुक्त हुने भएका छन् ।

अनलाइनबाट नक्साको काम भए पनि नक्सा पास गर्नेको हस्ताक्षर भने हातले गर्नुपर्ने थियो । ‘नक्सा पासका अन्य प्रक्रिया पूरा भएपछि नक्सा पास गर्ने व्यक्तिले हातले हस्ताक्षर गर्नुपर्ने अवस्था थियो,’ कामपाका इञ्जिनीयर राम थापाले भने ‘अब हस्ताक्षर समेत अनलाइनबाटै हुने भएको छ ।

यसका साथै कामपाले भवन निर्माणका लागि महानगरबाट नक्सा पास गरे/नगरेको अध्ययन गर्न इञ्जिनीयरलाई नै हरेक दिन निर्माणस्थलमा खटाउन शुरू गरेको छ । अनुगमनका बेला नक्साविपरीत काम भएको पाइएमा तत्काल रोक्ने तथा त्यसलाई अन्य कारबाहीको प्रक्रियाअघि बढाइने कामपाले जानकारी दिएको छ ।

Share News