वैशाख २५ देखि ३१ सम्म विद्यालय बिदा

<p>काठमाडौँ । स्थानीय तहको निर्वाचनका लागि सम्बन्धित प्रदेशका सबै विद्यालय यही वैशाख २५ देखि ३१ गतेसम्म बिदा हुने भएका छन् । यही वैशाख ३१ गते पहिलो चरणमा प्रदेश नं ३, ४ र ६ मा स्थानीय तहको निर्वाचन हुने भएकाले निर्वाचन आयोगको आग्रह र शिक्षा मन्त्रालयको निर्देशनमा चार दिन विद्यालयमा बिदा दिने निर्णय भएको शिक्षा विभागका [&hellip;]</p>

काठमाडौँ । स्थानीय तहको निर्वाचनका लागि सम्बन्धित प्रदेशका सबै विद्यालय यही वैशाख २५ देखि ३१ गतेसम्म बिदा हुने भएका छन् ।

यही वैशाख ३१ गते पहिलो चरणमा प्रदेश नं ३, ४ र ६ मा स्थानीय तहको निर्वाचन हुने भएकाले निर्वाचन आयोगको आग्रह र शिक्षा मन्त्रालयको निर्देशनमा चार दिन विद्यालयमा बिदा दिने निर्णय भएको शिक्षा विभागका महानिर्देशक बाबुराम पौडेलले जानकारी दिए ।

सो बिदा बापत् अन्य समयमा पढाएर विद्यार्थीलाई क्षतिपूिर्त दिइनेछ । कतिपय विद्यालयमा मतदान केन्द्र हुने र निर्वाचन पूर्व राजनीतिक गतिविधि बढ्ने भएकाले विद्यालयमा निर्वाचन अघि विगतमा पनि बिदा दिइन्थ्यो । रासस

Share News