काठमाडौं । संवैधानिक परिषद्ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा दीपकुमार बस्नेतलाई सिफारिस गरेको छ । परिषद्को आज बसेको बैठकले बस्नेतलाई प्रमुख आयुक्तमा नियुक्तिका लागि सिफारिस गरेको हो ।
आयोगका तत्कालिन प्रमुख लोकमान कार्की निलम्बनमा परेपछि बस्नेत आयोगका कामु प्रमुख आयुक्तको रुपमा कार्यरत थिए । स्रोतका अनुसार नेपाली काँग्रेसले पूर्व अर्थसचिव यूवराज भूसाललाई प्रमुख बनाउन चाहेको थियो । तर प्रधानमन्त्री प्रचण्डले कार्कीको बाँकी अवधि कामु प्रमुख आयुक्त भईसकेका बस्नेतलाई बनाउने अडान लिएका थिए ।
बैठक पुनः बुधबार अपराह्न ४ बजे बस्ने छ । महालेखा परीक्षक तथा अन्य संवैधानिक निकायमा रहेको रिक्त पदमा नियुक्तिका लागि परिषद्ले सिफारिस गर्ने जनाइएको छ ।