ललितपुर महानगरपालिकामा कँग्रेसका उम्मेदवार चिरीबाबु

<p>काठमाडौं । नेपाली काँग्रेसले ललितपुर महानगरपालिकाको मेयरमा चिरीबाबु महर्जनलाई उम्मेदवार बनाएको छ । पार्टी पदाधिकारीको बैठकले महर्जनलाई मेयर र गीता सत्याललाई उप मेयरको उम्मेदवार बनाउने निर्णय गरेको हो । महर्जन र सत्यालले ललितपुर जिल्ला निर्वाचन कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गरिसकेका छन् । यस अघि नै एमालेका हरिकृष्ण व्यन्जनकार र माओवादी केन्द्रका  दिनेश महर्जन दिपेशले मेयरको [&hellip;]</p>

काठमाडौं । नेपाली काँग्रेसले ललितपुर महानगरपालिकाको मेयरमा चिरीबाबु महर्जनलाई उम्मेदवार बनाएको छ ।

पार्टी पदाधिकारीको बैठकले महर्जनलाई मेयर र गीता सत्याललाई उप मेयरको उम्मेदवार बनाउने निर्णय गरेको हो ।
महर्जन र सत्यालले ललितपुर जिल्ला निर्वाचन कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गरिसकेका छन् ।

यस अघि नै एमालेका हरिकृष्ण व्यन्जनकार र माओवादी केन्द्रका  दिनेश महर्जन दिपेशले मेयरको उम्मेदवारी दर्ता गराईसकेका छन् ।

Share News