१० बाणिज्य बैंकको नाफा साढे ४५ प्रतिशतले बढ्यो, कसको कति ?

<p>काठमाडौं । १० वटा बाणिज्य बैंकहरुको कुल नाफा ४५ दशमलब ६८ प्रतिशतले वृद्धि भएको छ । तेश्रो त्रैमासिकको वित्तिय विवरण सार्वजनिक गरेका १० वटा बाणिज्य बैंकले आफ्नो कुल नाफा ३ अर्ब ६५ करोडले वृद्धि गरेर ११ अर्ब ६४ करोड पुर्याएका हुन् । गत आर्थिक बर्षको नौ महिनामा तीनै १० वटा बैंकहरुले जम्मा ७ अर्ब ९९ [&hellip;]</p>

काठमाडौं । १० वटा बाणिज्य बैंकहरुको कुल नाफा ४५ दशमलब ६८ प्रतिशतले वृद्धि भएको छ । तेश्रो त्रैमासिकको वित्तिय विवरण सार्वजनिक गरेका १० वटा बाणिज्य बैंकले आफ्नो कुल नाफा ३ अर्ब ६५ करोडले वृद्धि गरेर ११ अर्ब ६४ करोड पुर्याएका हुन् ।
गत आर्थिक बर्षको नौ महिनामा तीनै १० वटा बैंकहरुले जम्मा ७ अर्ब ९९ करोड मात्रै नाफा कमाउन सफल भएका थिए ।

१० मध्ये  सबै भन्दा धेरै  नाफा कमाउने बैंकका रुपमा एभरेष्ट बैंकले एक अर्ब ५२ करोड पुर्याएको छ । एभरेष्टले गत आवको नौ महिनामा १ अर्ब २० करोड नाफा कमाएको थियो । ग्लोबल आइएमई बैंकले १ अर्ब ४८ करोड नाफा कमाउँदै दोश्रो  स्थान सुरक्षित गरेको छ । यो बैंकले गत आवको सोही अवधीमा जम्मा १ अर्ब ३ करोड कमाएको थियो ।

प्रभु बैंकले १ अर्ब ४४ करोड नाफा कमाउन सफल भएको छ । यसले गत आवको नौ महिनामा ६२ करोड नाफा कमाएको थियो । एनएमबी बैंकले पनि एक अर्ब २३ करोड नाफा कमाएको छ । यसले गत आवको सोही अवधीमा जम्मा ७७ करोड नाफा कमाएको थियो । एनआइसी एसिया बैंकले पनि १ अर्ब १३ करोड नाफा कमाउन सफल भएको छ । जबकी यो बैंकले गत आवको नौ महिनासम्मा जम्मा ७५ करोड मात्रै नाफा कमाउन सफल भएको थियो ।

सिद्धार्थ बैंकले पनि एक अर्ब १३ करोड नाफा आर्जन गरेको छ । यो बैंकले गत आवको नौ महिनामा भने जम्मा ७८ करोड मात्रै नाफा आर्जन गरेको थियो ।माछापुच्छ्रे बैंकले पनि एक अर्ब ५ करोड नाफा कमाएको छ । यो बैंकले गत आवको सोही अवधीमा जम्मा ६२ करोड नाफा कमाएको थियो । सानिमा बैंक, नेपाल बंगलादेश बैंक र सिटिजन्स बैंकले मात्रै एक अर्ब नाफा पुर्याउन सकेका छैनन् । नौ महिनामा सानिमा बैंकले ९७ करोड नाफा कमाएको छ । गत आवको नौ महिनमा यसले ६७ करोड नाफा कमाएको थियो ।

त्यस्तै, सिटिजन्स बैंक इन्टरनेशनलले ८७ करोड नाफा कमाएको छ । यसले अघिल्लो आवको सोही अवधीमा ७२ करोड नाफा कमाएको थियो । नेपाल बंगलादेश बैंकको नाफा पनि ८२ करोड पुगेको छ । यसले गत आवको नौ महिनामा ७० करोड नाफा कमाउन सफल भएको थियो ।

Share News