काठमाडौं । नेपाली काँग्रेसले काठमाडौं महानगरपालिकको मेयरमा राजुराज जोशीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । पार्टी कार्यालयमा बसेको पदाधिकारी बैठकले जोशीलाई मेयरको उम्मेदवार बनाउने निर्णय गरेको हो ।
जोशी उद्योग मन्त्री नविन्द्रराज जोशीका दाई हुन् । काँग्रेसले उपमेयरको उम्मेदवार भने हरिप्रभा खड्गीलाई बनाउने निर्णय गरेको छ ।
त्यसैगरी ललितपुर महानगरपालिकाका प्रमुखमा चिरिबाबु महर्जन र उपप्रमुखमा गीता सत्याललाई चुनावी मैदानमा उतारेको छ ।
क्षेत्रफलका हिसाबले नेपालकै सबैभन्दा ठूलो महानगर मानिएको प्रदेश नं ४ को पोखरा–लेखनाथ महानगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसले रामजी कुँवर र उपप्रमुखमा सरस्वती गुरुङलाई उम्मेदवार बनाएको छ ।
यसैगरी भरतपुर महानगरपालिका प्रमुखमा दिनेश कोइराला र उपप्रमुखमा पार्वती शाहलाई उम्मेदवार बनाएको छ ।
पहिलो चरणमा निर्वाचन हुने एकमात्र उपमहानगरपालिका हेटौडा उपमहानगरपालिकाका कांग्रेसले प्रमुखमा आनन्दराम पराजुली र उपप्रमुखमा लक्ष्मी श्रेष्ठलाई उम्मेदवार बनाएको छ ।
नेपाली कांग्रेसका तर्फबाट संबन्धित महा /उप–महानगरपालिकाको प्रमुख,उपप्रमुख र वडा अध्यक्ष सहित सदस्य पदमा आधिकारिक रुपमा मनोनयन गरिएका उमेद्वारहरुले संबन्धित निर्वाचन अधिकृतको कार्यालयमा उमेद्वारी दर्ता गराउने क्रम जारी रहेको छ ।