यसपालीको दशैंमा मेलम्चीको पानी नआउने, लक्ष्यअनुसार दैनिक सुरूङ निर्माण हुन सकेन

<p>काठमाडौं । आगामी दशैंमा मेलम्चीको पानी राजधानी बासीका धारामा ल्याउने तयारी भैरहेको छ । मेलम्ची खानेपानी आयोजनाका उप कार्यकारी निर्देशक रमाकान्त दुवाडीका अनुसार हालसम्म २३ दशमलब ९२ किलोमिटर सुरुङ खन्ने काम सम्पन्न भएको छ । अब जम्मा ३ दशमलब ६६ किलोमिटर सुरुङ मात्रै खन्न बाँकी छ । अप्रिल महिनामा जम्मा ४५७ मिटर सुरुङ खनिएको छ [&hellip;]</p>

काठमाडौं । आगामी दशैंमा मेलम्चीको पानी राजधानी बासीका धारामा ल्याउने तयारी भैरहेको छ । मेलम्ची खानेपानी आयोजनाका उप कार्यकारी निर्देशक रमाकान्त दुवाडीका अनुसार हालसम्म २३ दशमलब ९२ किलोमिटर सुरुङ खन्ने काम सम्पन्न भएको छ । अब जम्मा ३ दशमलब ६६ किलोमिटर सुरुङ मात्रै खन्न बाँकी छ । अप्रिल महिनामा जम्मा ४५७ मिटर सुरुङ खनिएको छ । कुल सुरुङको लम्बाई भने २७ दशमलब ५८४ किलोमिटर थियो ।

पछिल्लो चार दिनमा कति खनियो सुरुङ ?
१७ गते आइतबार १७ दशमलब २ मिटर
१६ गते शनिबार १७ दशमलब १० मिटर
१५ गते शुक्रबार १८ दशमलब २० मिटर
१४ गते बिहिबार १९ दशमलब १ मिटर

यति गतिले आउला दशैंमा मेलम्चीको पानी ?
दशैं आउन जम्मा १५१ दिन मात्रै बाँकी छ । सो अवधिमा ३ दशमलब ६६ किलोमिटर सुरुङ खनिसक्नुपर्नेछ । १५१ दिनमा बाँकी सुरुङ खनिसक्न दैनिक २४ दशमलब २३ किलोमिटर खन्नु पर्छ । तर हाल दैनिक औषतमा १८ दशमलब १ मिटर सुरुङ मात्रै खन्ने काम भैरहेको छ । उपकार्यकारी निर्देशक दुवाडी भन्छन–‘असोजमा पानी ल्याउने हाम्रो टार्गेट हो । तर कामको गति बढाउन सकिएन भने असोजमा पानी ल्याउन मुस्किल छ । दैनिक २२ मिटर काम गर्ने प्रतिवद्धता निर्माण कम्पनीले गरेको छ ।’

हाल मेलम्चीको मुहान नजिकै अम्बाथान, सिन्धु र ग्याल्थुमको तल तथा माथी गरि चार ठाउँबाट सुरुङ खन्ने काम भैरहेको छ । दैनिक २ सिफट्मा काम हुन्छ । सिफ्टमा ८ देखि १० घण्टा काम भैरहेको दुवाडीले जानकारी दिए ।

मेसिन छैन ठेकेदारसँग
निर्माण कर्ता कम्पनीसँग हाल ४ वटा ड्रिल मेसिन छन् । ती मेसिनले चार ठाउँबाट काम गरिरहेको छ । ती मेसिनमा थोरै गडबढी आएमा कामै रोक्नु पर्ने अवस्था छ । ‘ठेकेदार कम्पनीसँग अतिरिक्त ड्रिल मेसिन छैन, जगेडा पार्टपुर्जा राखेर काम गरिरहेका छौं ।’, दुवाडीले दुखेसो पोखे ।

पहाड पनि उस्तै
सिन्धु र ग्याल्थुम खण्डमा नराम्रा चट्टान आईरहेका छन् । त्यस्ता चट्टानलाई अड्याउनै मुस्किल परिरहेको छ । अम्बाथानमा दैनिक सात आठ मिटर काम भैरहेको छ तर सिन्धुसाइटमा साढे चार मिटर भन्दा बढि काम गर्न गर्न सकिएको छैन् ।

दाता र ठेकेदारसँग नियमित छलफल
मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक रामचन्द्र देवकोटाले एसियाली विकास बैंक र ठेकेदार कम्पनीसँग नियमित छलफल गरे दशैंमा मेलम्चीको पानी ल्याउने गरि अघि बढेको बताए ।‘हामीले दाता र निर्माण कर्तासँग नियमित छलफल गरिरहेका छौं, कामको गति बढाउन भनिरहेका छौं’, देवकोटाले भने ।

Share News