जाँदाजाँदै सुशिला कार्कीको अर्काे ऐतिहासिक फैसला, सुडान घोटाला काण्डका अभियुक्तलाई जेल

<p>काठमाडौं । प्रधानन्यायधिस सुशिला कार्की माथी व्यवस्थापिका संसदमा महाअभियोग दर्ता भैरहेकै बेला कार्कीले भने बहुप्रतिक्षित सुडान घोटाला काण्डका अभियुक्तलाई जेल हाल्ने फैसला गरेकी छिन् । प्रधानन्यायधिश सुशिला कार्की र न्यायधिक विश्वम्भर प्रसाद श्रेष्ठको संयुक्त इजलासले सुडानमा शान्ति स्थापनार्थ जाने  नेपाल प्रहरीको एपिसी र सोको स्पेयर पार्टस् खरिदमा भएको अनियमिततामा संलग्नहरुलाई दोषी ठहर गर्ने फैसाला गरेको [&hellip;]</p>

काठमाडौं । प्रधानन्यायधिस सुशिला कार्की माथी व्यवस्थापिका संसदमा महाअभियोग दर्ता भैरहेकै बेला कार्कीले भने बहुप्रतिक्षित सुडान घोटाला काण्डका अभियुक्तलाई जेल हाल्ने फैसला गरेकी छिन् ।

प्रधानन्यायधिश सुशिला कार्की र न्यायधिक विश्वम्भर प्रसाद श्रेष्ठको संयुक्त इजलासले सुडानमा शान्ति स्थापनार्थ जाने  नेपाल प्रहरीको एपिसी र सोको स्पेयर पार्टस् खरिदमा भएको अनियमिततामा संलग्नहरुलाई दोषी ठहर गर्ने फैसाला गरेको हो ।

पुर्व प्रहरी महानिरिक्षक ओमबिक्रम राणालाई २ बर्ष कैद र ५० हजार जरिवानाको फैसला भएको छ । हेम बहादुर गुरुङ र रमेशचन्द ठकुरीलाई एक/एक बर्ष कैद तथा ४०/४० हजार जरिवाना गर्ने फैसला भएको हो ।

ओमबिक्रम राणा नै सुडान घोटाला काण्डको प्रमुख योजनाकार भएको पनि फैसलामा उल्लेख छ । हेम बहादुर गुरुङले आपुर्ति नै नभएका समान तथा स्पेयर पार्टसको भुक्तानी दिएको फैसलामा उल्लेख छ । त्यस्तै, चन्दले भने गुणस्तरहिन समान आईरहेको प्रमाण फेला परेको भएपनि रकम भुक्तानी दिएकाले दोषी देखिएको फैसलामा लेखिएको छ ।

श्यामसिंह थापा र दिपकसिंह थाङदेनलाई लाई ४० हजार जरिवाना र एक बर्ष कैद सजाय सुनाइएको छ । दिपक कुमार श्रेष्ठ र रबिप्रताव राणालाई भने ६/६ महिना जेल र जनही ३० हजार जरिवाना गर्नुपर्ने फैसलामा उल्लेख गरिएको छ ।

Share News