नौ महिनामा निर्यात ५५ अर्ब १४ करोड, आयात सात खर्ब २५ अर्ब

<p>काठमाडौं । नेपालमा जतिसुकै औद्योगिक वातावरण सिर्जना भएको भनिएपनि सरकारले आधा दशक अघि गरेको प्रतिवद्धता अझै पुरा हुन सकेको छैन । सरकारले आयातलाई निरुत्साहित गर्न र नियाृतलाई प्रोत्साहन गर्न उद्योगलाई विभिन्न सेवा सुविधा दिन पनि आयातको अवस्थामा कुनै सुधार आउन सकेको छैन । चालु आर्थिक वर्षको नौ महिनामा ५५ अर्ब १४ करोड रुपैयाँको नेपाली वस्तु [&hellip;]</p>

काठमाडौं । नेपालमा जतिसुकै औद्योगिक वातावरण सिर्जना भएको भनिएपनि सरकारले आधा दशक अघि गरेको प्रतिवद्धता अझै पुरा हुन सकेको छैन । सरकारले आयातलाई निरुत्साहित गर्न र नियाृतलाई प्रोत्साहन गर्न उद्योगलाई विभिन्न सेवा सुविधा दिन पनि आयातको अवस्थामा कुनै सुधार आउन सकेको छैन ।

चालु आर्थिक वर्षको नौ महिनामा ५५ अर्ब १४ करोड रुपैयाँको नेपाली वस्तु तथा सेवाहरू विदेशीमुलुकमा पुगेका छन् भने नेपालमा सोही अवधिमा सात खर्ब २५ अर्बको सामानहरू भित्रिएको छ ।

गएको वर्षको ९ महिनाको तुलनामा यस वर्ष करिब ४० प्रतिशतले आयात बढेको छ । गएको वर्ष चैतसम्म पाँच खर्ब २० अर्बको वस्तु तथा सेवा नेपाल भित्रिएकोमा चालू आवको समीक्षा अवधिमा आयात बढेर सात खर्ब २५ अर्ब पुगेको छ ।

अत्यधकि आयातका कारण आयात निर्यात अनुपातलाई बढेर १३ः२ पुगेको छ । गएको वर्ष भूकम्प र ६ महिना लामो नाकाबन्दीको कारण आयात निर्यात ठप्प हुँदा यस्तो अनुपात यो अवधिसम्म १०ः६ प्रतिशत रहेको थियो । यसरी हेर्दा कुल वैदेशिक व्याापारमा निर्यातको योगदान सात दशमवल एक प्रतिशतमात्र रहेको छ भने आयातको हिस्सा ९२.२ प्रतिशत रहेको छ । आयातको तुलनामा निर्यात अत्यन्त न्यून भएपनि गएको वर्षभन्दा यस वर्ष निर्यात १२.२० प्रतिशतले बढेको छ ।

भारतबाट मात्रै ४ खर्ब ७० अर्ब आयात

चालू आवको यो अवधिम भारतबाट नेपालमा चार खर्ब ७० अर्बको वस्तु तथा सेवा भित्रिएको छ । नेपालबाट भारतमा समीक्षाअवधिमा ३१ अर्ब ९८ करोड रुपैयाँको निर्यात भएका छन् । यसरी हेदा नेपाल भारतबीचको व्यापार घाटा चार खर्ब ३८ अर्ब देखिन्छ । भारतपछि चीनबाट यस वर्षको नौ महिनामा नेपालमा ९४ अर्ब ८० करोड रुपैयाँको सामान नेपाल भित्रिएको छ । युनाइटेट अरब इमिरेट्सबाट २३ अर्ब ८७ करोड, फ्रान्सबाट १२ अर्ब ८३ करोड, इन्डोनेसियाबाट साढे आठ अर्ब, थाइल्याण्डबाट आठ अर्ब १६ करोड मूल्य बराबरका सामानहरु नेपाल भित्रिएका छन् । नेपालबाट भने युनाइटेड स्टेटमा ६ अर्ब ५८ करोड, जर्मनीमा दुइ अर्ब २३ करोड, टर्कीमा दुई अर्ब ८५ करोड, बेलायतमा एक अर्ब ८९ करो भने नेपालबाट चीनमा एक अर्ब २९ करोड मूल्य बराबरको सामान निर्यात भएको छ ।

Share News