काठमाडौं । हिमालय एअरलाईन्सले काठमाडौं–दुबई उडान आरम्भ गरेको छ । हिमालयको जहाज त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल काठमाण्डौँबाट १०:४० बजे उडेर दुबईको अलमकतूम अन्तराष्ट्रिय विमानस्थलमा १३:२५ बजे अवतरण गरेको हो । हप्ताको ३ दिन सोमवार, बुधवार र शुक्रबार उडान गर्ने हिमालय एअरलाइन्सले तिन वटा एअर बसमध्ये ए–३२०–२०१४ बाट दुबई उडान भर्नेछ । यो जहाजमा
८ वटा विजनेस क्लास र १५० वटा इकोनोमीक्लासका सिट रहेका छन् ।

हिमालय एअरलाईन्सका उपाध्यक्ष विजय श्रेष्ठ भन्छन–दुबईको दैनिक उडान प्रारम्भ गर्नु हिमालय एअरलाईन्सको लागि एक महत्वपूर्ण उपलब्धि हो । सो एअरलाईन्सले मध्य(पूर्व क्षेत्रबाट पर्यटकहरुको आगमन र बहिगर्मनमा थप बढावा प्रदान गर्नेछ । दुबईको फिस्टेल ट्राभल एण्ड टुरिजम एलएलसीलाई जनरल सेल्स एजेण्ट नियुक्त गरेको छ । नेपाली र चीनीयाँ लगानी कर्ताको संयुक्त लगानीम सञ्चालित तीन वटा एयरबस मार्फत मलेसियाको क्वालालम्पुर र म्यानमारको याङगुनमा नियमित सिधा उडान गरिरहेको छ ।
केहि महिना भित्र दमाम, हङकङ्ग र बैङकक उडान सुरु गर्ने योजना बनाएको छ । त्यसपछि एअरलाईन्सले चाईनाको बेइजिङ्ग र चेन्दुलाई आफनो नयाँ गन्तब्यका रुपमा थप्ने बताएको छ ।