काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्श बैंकले जेठ १५ गते बेलाएको विशेष साधारणसभा स्थगित भएको छ । वार्षिक नियमित साधारणसभा नगरी पटक पटक विशेष साधारणसभा गर्न नमिल्ने निर्णयसहित कम्पनी रजिष्ट्रारको कार्यालयले वार्षिक रुपमा गर्नु पर्ने नियमित साधारणसभा गर्न निर्देशन दिएपछि एनसीसी बैंकले विशेष साधारणसभा रोकेको हो ।

बैंकले नियमित रुपमा गर्नु पर्ने वार्षिक साधारणसभा नगरेको १ वर्षभन्दा बढी समय भएको, गत असार मसान्तमा पनि विशेष साधारणसभा गरेको, फेरी विशेष साधारणसभा बोलाएकोले त्यसाे गर्न नमिल्ने कम्पनी रजिष्ट्रार कार्यालयको प्रमुख प्रेम कुमार श्रेष्ठले जानकारी बताए ।
बैंकले नियमित साधारणसभा नगरि पटक पटक विशेष साधारणसभा गर्न लागेको, केही सेयरधनीको विरोधमा उजुरी अाएकाे जानकारी दिदै कानुनी रुपमा समेत पटक पटक विशेषसाधारणासभा गर्न नमिल्ने देखिएकोले विशेष साधारणसभा रोक्न निर्देशन दिएको उनले बताए ।
बैंकले असार मसान्तसम्ममा पुँजी बढाएर ८ अर्ब रूपैयाँ बनाउनै पर्ने केन्द्रीय बैंकको समय सीमा रहेकोले छिटो हकप्रद सेयर निष्काशन गर्नु पर्ने जनाउँदै विशेष साधारणसभा बोलाएको थियो । बैंकले ५० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने विशेष प्रस्ताव गरेको थियो ।