काठमाडौं । बढि शुल्क असुल्ने २०० भन्दा बढि प्राइभेट स्कुलमा संयुक्त विद्यार्थी संगठनहरुले ताला बन्दी गरेका छन् । सर्वाेच्च अदालतको आदेश तथा शुल्क वृद्धि सम्बन्धी मापदण्ड उल्लंघन गर्दै मनोमानी ढंगले शुल्क असुल्ने २०० भन्दा बढि प्राइभेट स्कुलमा ताला बन्दी गरिएको हो ।
अनेरास्ववियुका प्रवक्ता सुदिप शर्माका अनुसार काठमाडौं, भक्तपुर र ललितपुरका त्यस्ता स्कुलहरुमा तालाबन्दी भैरहेको छ ।शुल्क वृद्धि रोक्न माग गर्दै शिक्षा मन्त्रीलाई नै ज्ञापन पत्र बुझाउँदा समेत आफ्ना माग पुरा नभएपछि अविभावकहरुको ढाड सेक्ने विद्यालयमा ताला लगाएको प्रवक्ता शर्माले जानकारी दिए ।
देशैभरका त्यस्ता विद्यालयहरुमा ताला लगाउने काम धमाधम भैरहेको पनि उनले जानकारी दिए ।
यी हुन उपत्यकामा ताला बन्दी गरिएका स्कुल
१) रातो बङ्गला स्कुल
२) नाइटिङ्गेल स्कुल
३) रेडियन्ट स्कुल
४) ह्वाइटफिल्ड स्कुल
५) स्वर्णिम
६_ डिएभी सुशिल केडिया विश्व भारती स्कुल
७) माउन्ट ग्लोरी
८) भिएस निकेतन
९) गिताञ्जली स्कुल
१०) रेड्न स्कुल
११) न्याम्स स्कुल
१२) फ्लोरिसेन्ट स्कुल
१३) अपि स्कुल
१४) ज्ञान निकेतन
१५) काठमाण्डौं विद्याकुञ्ज
१६) काव्य स्कुल
१७) पुस्प सदन
१८) विभुती
१९) कञ्चनजंघा स्कुल
२०) प्यारागन स्कुल
२१) संस्कृती
२२) जनप्रेमी स्कुल
२३) मातृभूमि
२४) भक्तपुर बोर्डिङ स्कुल
२५) ट्रिनीटी स्कुल