गुहेश्वरी मचेन्ट बैकिङ एण्ड फाइनान्सले ४० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने

<p>काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैकिङ एण्ड फाइनान्स कम्पनीले ४० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको छ । बैशाख ११ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । नियामक निकायबाट स्वीकृति र साधारणसभाबाट अनुमोदन पछि सेयर निष्काशन हुनेछ । यस फाइनान्सको चुक्ता पुँजी ४९ करोड ३८ लाख रुपैयाँ छ । ४० प्रतिशत [&hellip;]</p>

काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैकिङ एण्ड फाइनान्स कम्पनीले ४० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको छ । बैशाख ११ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । नियामक निकायबाट स्वीकृति र साधारणसभाबाट अनुमोदन पछि सेयर निष्काशन हुनेछ ।

यस फाइनान्सको चुक्ता पुँजी ४९ करोड ३८ लाख रुपैयाँ छ । ४० प्रतिशत हकप्रद सेयर निष्काशन गरी चालु आर्थिक वर्षको नाफाको बोनस सेयर वितरण गरी कम्पनी चुक्ता पुँजी ८० करोड पुर्याउने योजना बनाएको छ । हाल यस कम्पनीको सेयर प्रतिकित्ता करिव २९० रुपैयाँमा कारोबार भईरहेको छ ।

Share News