काठमाडौं । सोमबार ३४ लाख ११ हजार ६८२ कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको छ । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको बोनस सेयर नेपाल स्टक एक्स्चेञ्जमा सूचिकृत भएको छ । यस बैंकले गत आर्थिक वर्षको नाफाबाट वितरण गरेको २३ लाख ४४ हजार ७३२ कित्ता सेयर सोमबार नेप्सेमा सूचिकृत भएको हो ।
त्यस्तै स्वाभलम्बन लघुवित्त विकास बैंकको १० लाख ६६ हजार ९५० कित्ता बोनस सेयर सूचिकृत भएको छ ।
कसमस डेभलपमेन्ट बैंकको १ लाख १ हजार २४८ कित्ता प्रमोटर सेयर साधारण सेयरमा परिणत भएको छ । त्यस्तै साहारा विकास बैंकको १ लाख ३८ हजार ६९० कित्ता प्रवद्र्धक सेयर साधारण सेयरमा परिणत गरिएको छ ।
त्यस्तै, गोर्खा फाइनान्सले हकप्रद सेयर निष्काशन गर्ने प्रयोजनको लागि बैशाख २० गते बुक क्लोज गर्ने भएको छ । यस फाइनान्सले २ बराबर १ हकप्रद सेयर निष्काशन गर्दैछ ।