बैशाख १० गतेदेखि कार्गो व्यवस्थापन शुल्कमा वृद्धि, उद्योग परिसंघले गर्यो आलोचना

<p>काठमाडौं । बैशाख १० गतेदेखि लागु हुने गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, काठमाण्डौमा रहेको एयर कार्गो बिल्डिङ्गबाट आयात–निर्यात हुने माल सामानको विद्यमान कार्गो व्यवस्थापन शुल्कमा नेपाल पारवाहन तथा गोदाम व्यवस्था लिमिटेडले गरेकोे वृद्धिको नेपाल उद्योग परिसघले आलोचना गरेको छ । खुला एवं उदार आर्थिक प्रणालीमा कुनै पनि नीतिगत निर्णय गर्दा सरोकारवालाहरुसँग परामर्श गरी सहमतिको आधारमा गर्नु [&hellip;]</p>

काठमाडौं । बैशाख १० गतेदेखि लागु हुने गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, काठमाण्डौमा रहेको एयर कार्गो बिल्डिङ्गबाट आयात–निर्यात हुने माल सामानको विद्यमान कार्गो व्यवस्थापन शुल्कमा नेपाल पारवाहन तथा गोदाम व्यवस्था लिमिटेडले गरेकोे वृद्धिको नेपाल उद्योग परिसघले आलोचना गरेको छ ।

खुला एवं उदार आर्थिक प्रणालीमा कुनै पनि नीतिगत निर्णय गर्दा सरोकारवालाहरुसँग परामर्श गरी सहमतिको आधारमा गर्नु पर्नेमा प्रस्तुत शुल्क वृद्धि सम्बन्धी निर्णय एकतर्फी, अबैज्ञानिक र अव्यवहारिक ढंगबाट गरिएको भन्दै परिसंघले आपत्ति जनाएको छ ।

यस निर्णयले एकातिर नेपाली उद्योगको प्रतिस्पर्धात्मक क्षमता घटेर निकासीमा गिरावट आउने छ भने अर्कातिर आयातित सामानको मूल्यवृद्धि भई जनसाधारणको जीवनस्तर कष्टकर हुने परिसंघको तर्क छ ।

बैदेशिक व्यापारको आयतनमा संकुचन आई यस निर्णयले सरकारको राजस्व संकलनमा समेत ऋणात्मक असर पार्ने भएकाले यो निर्णय लगानीमैत्री वातावरणलाई थप प्र्रतिकूल पार्ने प्रवृतिको भएको परिसंघको दावी छ ।

शुल्क वृद्धि सम्बन्धी यो निर्णयप्रति असमहति जनाउँदै परिसंघले लचिलो र बजार उन्मुख आर्थिक नीतिको मान्यताअनुसार निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाहरु, नेपाल भंसार एजेण्ट संघ, स्वतन्त्र विज्ञ, सरकारी प्रतिनिधि, नेपाल पारवाहन तथा गोदाम व्यवस्था कम्पनी र आर्थिक पत्रकारहरुको साझाप्रतिनिधित्वहुने संयन्त्रबाट गहन अध्ययन पश्चात मात्र विद्यमान शूल्कमा पुनरावलोकन माग गरेको छ ।

यस प्रकारको संयन्त्रको गठन पश्चात् सर्वसम्मत प्रतिवेदन नआएसम्मका लागि कार्गो प्रबन्ध शुल्क बृद्धि फिर्ता लिन परिसंघ जोडदार माग गरेको छ ।

Share News