आरम्भ माइक्रोफाइनान्सको केन्द्रीय कार्यालय बनेपामा स्थानान्तरण

<p>काठमाडौं । आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्थाको केन्द्रीय कार्यालय काभ्रेपलाञ्चोक जिल्लाको बनेपामा स्थानान्तरण भएको छ । यसअघि संस्थाको केन्द्रिय कार्यालय मेलम्ची—८, बाहुनीपाटी, सिन्धुपाल्चोकमा रहेको थियो । १५ वटा पहाडी जिल्लाहरु कार्यक्षेत्र रहेको यस वित्तीय संस्थाले २०७३ चैत्र मसान्तसम्म विभिन्न ११ वटा जिल्लाहरुमा १६ वटा शाखा कार्यालयहरु संचालनमा ल्याई न्यून आय भएका, पिछडिएका तथा बिपन्न वर्गका करिब [&hellip;]</p>

काठमाडौं । आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्थाको केन्द्रीय कार्यालय काभ्रेपलाञ्चोक जिल्लाको बनेपामा स्थानान्तरण भएको छ । यसअघि संस्थाको केन्द्रिय कार्यालय मेलम्ची—८, बाहुनीपाटी, सिन्धुपाल्चोकमा रहेको थियो ।

१५ वटा पहाडी जिल्लाहरु कार्यक्षेत्र रहेको यस वित्तीय संस्थाले २०७३ चैत्र मसान्तसम्म विभिन्न ११ वटा जिल्लाहरुमा १६ वटा शाखा कार्यालयहरु संचालनमा ल्याई न्यून आय भएका, पिछडिएका तथा बिपन्न वर्गका करिब ८,१०० घर परिवारलाई लघुवित्तीय सेवाहरु प्रदान गरेको छ । संस्थाले हालसम्म २ करोड ६४ लाख भन्दा बढी रकम बचत संकलन गरी हालसम्म रु. ४२ करोड ४८ लाख लगानी गरेको संस्थाको प्रमुख कार्यकारी अधिकृत विनोद आचार्यले जानकारी दिए ।

Share News